खेलकुद

चर्चित क्रिकेटर क्रिस गेल इपिएल खेल्न नेपाल आउने

काठमाडौं, पुष २१ । विश्व चर्चित क्रिकेटर क्रिस गेल एभरेष्ट प्रिमियर लिग खेल्न नेपाल आउने भएका छन् । गेल इपिएलको चौथों संस्करणका लागि नेपाल आउने सम्भावना ‘रहेको आयोजकले जनाएको छ । आयोजकको अनसुार गेलसँग अहिले कुराकानी भइरहेको र उनी ‘सकरात्मक रहेका कारण पनि गेल आउने सम्भावना रहेको जनाएको छ ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा १४ मार्चबाट सञ्चालन हुने इपिएलको चौथौं संस्करणमा आयोजकले प्रत्येक टिममा कम्तिमा पनि एकजना खेलाडी टेस्ट राष्ट्रको हुनु पर्ने नियम बनाएको छ । जसका कारण पनि क्रिकेट खेल्नकै लागि गेल सहित अन्य चर्चित क्रिकेट खेलाडीहरु पनि नेपाल आउने हल्ला चल्न थालेको छ ।

गेल नेपाल आउने हल्लालाई वास्तविकता हुनसक्ने संकेत गरेका छन्, इपिएलका प्रमुख आमिर अख्तरले पनि । ‘गेलसँगको कुराकानी अत्यन्त सकारात्मक भएको र गेल आउने सम्भावना झन्डै शतप्रतिशत भएको आमिरले बताए ।

४० वर्षका वेस्ट इन्डिजका गेलले उत्कृष्ट लिगहरु खेलिसकेका छन् । इन्डियन प्रिमियर लिग, बिग ब्यास, पाकिस्तान प्रिमियर लिग, बंगलादेश प्रिमियर लिग, क्यारेवियन प्रिमियर लिगजस्ता लिगहरुमा उनी पहिलो रोजाइमा पर्ने खेलाडी पनि हुन् ।

गेलले एक दिवसीय क्रिकेटमा सन् १९९९ सेप्टेम्वर ११ मा भारतविरुद्ध डेब्यु गरेका थिए भने अन्तिम खेल सन् २०१९ अगस्ट १४ मा भारतविरुद्ध नै खेलेका थिए ।

Leave a Reply

Your email address will not be published.