काठमाडौं, माघ ८ । फुटबल प्रतियोगितामा भएको झगडाले गम्मीर रुप लिदा धादिङमा १ जनाको मृत्यु भएको छ । झडपमा २५ वर्षीय सन्तबहादुर तामाङको मृत्यु भएको हो ।
झडपमा अर्का युवकम रविन तामाङ गम्भीर घाइते भएका छन् । घाइते भएका तामाङको अहिले काठमाडौंको ग्रान्डी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाइएको छ ।
खनियावास गाउँपालिका–४ मा रहेको दार्खामा गुराँस युवा क्लबले आयोजना गरेको फुटबल प्रतियोगितामा भएको झगडाले गम्मीर रुप लिएर झडपको स्थिति सिर्जना भएको थियो ।
फुटबल प्रतियोगितामा मृतक सन्तबहादुर रेफ्रीसँग विवाद भएको थियो । विवादकै क्रममा फुटबल मैदानमै समेत कुटाकुट भएको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार मृतक सन्तबहादुर र घाइते रविनमाथि फलामको ढुङ्ग्रो र रड प्रहार भएको थियो ।
मृतक सन्तबहादुर यसअघि ज्यान मार्ने उद्योगको मुद्दामा ५ वर्ष कैद भुक्तान गरिसकेका व्यक्ति हुन् । प्रहरीले सन्तबहादुरमाथि रड प्रहार गरेर कर्तब्य ज्यान गरेको आरोपमा फुटबल प्रतियोगितामा रेफ्रीको भूमिका निर्वाह गरेका रोशन तामाङ र उनका भाइ राम तामाङलाई पक्राउ गरेको छ ।
‘