काठमाडौं, माघ ८। चिनी उद्योगले उखु किसानको बक्यौता बुझाउन अटेर गरेका छन् । सरकारले उखु किसानको बक्यौता बुझाउन पर्याप्त समय दिँदा पनि उनीहरुले सरकारको अवज्ञा गर्दै बक्यौता तिर्न आनकानी गरेका हुन् ।
सरकारले चिनी उद्योगलाई उखु किसानको बक्यौता तिर्न करिब २० दिनको समय दिएको थियो । माघ ७ मा सो समय सीमा सकिएपनि चिनी उद्योगीहरुले ९९ करोड तिर्नुपर्नेमा जम्मा १५ करोड मात्र तिरेका छन् ।
सरकारले गत पुस १७ मा उखु किसानसँग माघ ७ सम्ममा सबै बक्यौता चुक्ता हुने आश्वासन सहित सहमति गरेको थियो । तर, चिनी उद्योगीले इमान्दारिता प्रदर्शन नगर्दा उखु किसान थप मारमा परेका छन् ।

