राजनीति

नेकपा केन्द्रीय कमिटी बैठक : अाज यस्तो छ कार्यसुची

काठमाडौं, माघ १९ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जारी केन्द्रीय कमिटी बैठकमा सदस्यहरूले उठाएका प्रश्नकाे आइतबार नेतृत्वले जवाफ दिने कार्यसूची छ ।

राष्ट्रिय सभा गृहमा दिउँसो सुरु हुने बैठकमा नेतृत्वले जवाफ दिने कार्यसूची रहेको नेकपा प्रचार बिभागले जनाएको छ ।

अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रतिवेदन, महासचिव विष्णु पौडेलको सांगठनिक प्रतिवेदन तथा विधान संशोधन प्रस्तावमाथि केन्द्रीय सदस्यले उठाएका प्रश्नको सम्बन्धित नेताले जवाफ दिन लागेका हुन ।

केन्द्रीय सदस्यले समसामयिक विषयमा पनि प्रश्न राखेका छन् । तीनको पनि नेतृत्वले जवाफ दिने कार्यसूची छ । जवाफ दिने क्रम सकिएपछि राजनीतिक र सांगठनिक प्रतिवेदन तथा विधान संशोधन प्रस्ताव पारित गर्ने कार्यसूची रहेको नेकपाका एक नेताले बताए ।

गत बुधबारबाट सुरु बैठकमा बिहीबार ४ सय ४१ जना केन्द्रीय सदस्यले विभिन्न १५ वटा समूह बनाई छलफल गरेका थिए । उनीहरुले राजनीतिक र सांगठनिक प्रतिवेदन तथा विधान संशोधन प्रस्तावमा छलफल गरेका हुन् ।

शुक्रबार र शनिबार ती समूहका टोली नेताले छलफलको प्रतिवेदन पेस गरेका थिए । नेताहरुले सुशासन कायम राख्न, भ्रष्टाचारीलाई कडा कारबाही गर्न सुझाव दिएका छन् । नेताहरुले मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) बारे समेत छलफल गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *