नरेन इलामेली
इलाम, फागुन १५ । पूर्वी पहाड कै लोकप्रिय फुटबल प्रतियोगिता छैंटौं संस्करणको अन्तराष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डकपका लागी सम्पूर्ण तयारी पुरा भएको छ । माइभ्याली फुटबल क्लबको आयोजनामा इलामको ठुलो टुडिखेलमा विहिबार (आज) बाट प्रतियोेगिता सुरु हुदै छ ।
माइभ्याली गोल्डकप पूर्वी पहाड कै सर्वाधिक धन राशी पुरस्कार भएको प्रतियोगिता समेत रहेको छ । यस बर्ष गोल्डकप हेर्नका लागि एक साथ आठ हजार दर्शक बस्न सक्ने गरी बाँसको प्यारापीट निर्माण गरिएको माइभ्याली फुटबल क्लबका सचिव राजेश पराजुलीले बताए ।
विगत बर्षमा झै यस बर्ष पनि माइभ्याली गोल्ड कपकमा भारतका चार टीम सहित नेपालका चर्चित टीमहरुको सहभागिता रहने आयोजकले जनाएको छ । यस बर्ष प्रतियोगितामा भारतीय टीमहरु नागाल्याणको कोहिमा इगल फूटबल क्लब, दार्जिलिङ्गको एमएफसी, सिक्किमको ग्यान्टोक सिटी फूटबल क्लब, कोलकत्ताको मोहम्मडन स्पोर्टिङ्ग क्लब सहित नेपाली टीमहरु रुपन्देहीको गोर्खा ब्वाइज फूटबल क्लब, काठमाण्डौको मछिन्द्र क्ल्ब, त्रिभूवन आर्मी क्ल्ब काठमाण्डौ, संकटा क्लब काठमाण्डौ, झापाको झापा ११ र आयोजक इलामको माइभ्याली फूटबल क्लबको सहभागिता रहने छ ।
गोल्डकपको उद्घाटन खेलमा आज भारतीय टोली कोहिमा इगल फुटबल क्लब नागाल्याण्ड र गोर्खा ब्वाइज फूटबल क्लव रुपन्देही आमनेसामने हुने छन् ।
प्रतियोगिताको विजेताले नगद आठ लाख र उपविजेताले नगद पाँचलाख सहित ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ । त्यस्तेै हरेक खेलको म्यान अफ दी म्याच र म्यान अफ दी टुर्नामेण्टलाई समेत पुरस्कृत गरिने आयोजकले जनाएको छ ।
प्रतियोगिताको उद्घाटन प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोबाट हुने माइभ्याली फूटबल क्लबका सचिब राजेश पराजुलीले बताए ।

