कला भिडियाे मनोरञ्जन

प्रमोद खरेलको क्रेज, अटेनन् महोत्सवमा दर्शक (भिडियो सहित)

युवराज आचार्य
झापा, फागुन २३ ।
मेचीनगर–४ स्थित बाहुनडाँगी बजारमा जारी बाहुण्डाँगी संगीत तथा पर्यटन महोत्सवमा विहिवार साझ प्रमोद खरेललाई हेर्न आउने दर्शकहरुको थामी नसक्नु घुईचो थियो । आयोजकलाई दर्शक व्यवस्थापन गर्न हम्मे हम्मे पर्‍यो ।

महोत्सवमा आउने कलाकारहरु मध्ये मुख्य आकर्षणका रुपमा रहेका खरेलले बालबालिका देखि लिएर युवायुवती संगै बृद्धबृद्धाहरुलाई समेत नचाए ।

भिडियो हेर्न तलको लिंक क्लिक गर्नु होला ।

महोत्सवको छैटौं दिनसम्म आई पुग्दा दर्शकहरु दिन प्रतिदिन बढ्दो छ । यो क्रम महोत्सव समाप्त हुने दिन सम्म जारी रहने आंकलन आयोजकले गरेको छ । यसले आयोजकलाई थप हौसला मिलेको आयोजक बाहुण्डाँगी जेसीज २०२० का अध्यक्ष सागर कार्कीले बताए ।

बाहुण्डाँगी बजारमा बाहुण्डाँगीवासीको मोत्सव निरन्तरताको मागलाई नकार्न नसकेको आयोजक बाहुण्डाँगी जेसीजले छोटो समयमा आयोजना गरेको महोत्सव यतिबेला सफल भईरहेको सबैले आंकलन गरेका छन् । फागुन १७ देखि २३ गतेसम्म सञ्चालन भई रहेको महोत्वलाई दर्शकले पनि भरपुर साथ दिईरहेको महोत्सव आयोजक समितिका संयोजक प्रविण भण्डारीले बताए ।

महोत्सवको छैटौं दिन बुधवार साझ ख्यातीप्राप्त राष्ट्रिय कलाकार प्रमोद खरेलले मेरो दिल छ पोखरामा बोलको गीतबाट सुरु गरेका उनले ओई झुमा, भाग्य खोज्नु छ यहि माटोमा, झ्यालबाट हेरलगायत आधा दर्जन बढी आफ्ना सुपरहिट गीतमा दर्शकलाई नचाएका थिए ।

महोत्सवमा कमेडी च्याम्पियनका चर्चित कमेडियन सुमन कार्की, सुरविर पण्डीत (दाह्री बा), संगै स्थानिय कलाकारहरूले पनि आफ्नो प्रस्तुति राखेका बाहुण्डाँगी जेसीज २०२० का बरिष्ठ उपाध्यक्ष देबु बानियाले जानकारी दिए ।

कार्यक्रम सञ्चालन चर्चित उद्घोषकद्वय राजेश घतानी र नारायण कडरीयाले संयूक्त रुपमा गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *