युवराज आचार्य
झापा, फागुन २४ । मेचीनगर–४ स्थित बाहुनडाँगी बजारमा जारी बाहुण्डाँगी संगीत तथा पर्यटन महोत्सवमा सुक्रवार सम्पन्न भएको छ ।
महोत्सवको अन्तिम दिन चर्चित ब्याण्ड मन्त्र ब्याण्डले मेचीनगरवासीलाई भरपुर मनोरञ्जन प्रदान गरेका थिए । मन्त्र ब्याण्डको प्रस्तुती हेर्न मेचीनगर संगै भारतको नक्सलबाढी, पानिटंकी, ताराबारीलगायतका क्षेत्रबाट पनि दर्शक आएका थिए ।
महोत्सवमा मन्त्र ब्याण्ड संगै नेपाल आईडल सिजन तीनकी टप ८ रचना रिमालले बालबालिका देखि लिएर युवायुवती संगै बृद्धबृद्धाहरु सबैलाई नचाए ।
भिडियो हेर्न तलको लिंक क्लिक गर्नु होला ।
बाहुण्डाँगी बजारमा बाहुण्डाँगीवासीको मोत्सव निरन्तरताको मागलाई नकार्न नसकेको आयोजक बाहुण्डाँगी जेसीजले छोटो समयमा आयोजना गरेको महोत्सव भब्य रुपमा सफल भईको सबैले आंकलन गरेका छन् ।
फागुन १७ देखि २३ गतेसम्म सञ्चालन भएको महोत्वलाई दर्शकले भरपुर साथ दिएका महोत्सव आयोजक समितिका संयोजक प्रविण भण्डारीले बताए ।
बाहुण्डाँगी जेसीज २०२० का अध्यक्ष सागर कार्कीको अध्यक्षतामा सम्पन्न महोत्सवको समापन कार्यक्रममा प्रदेश सभा सांसद श्रीप्रसाद मैनालीको प्रमुख आतिथ्यता रहेको थियो । मेचीनगर प्रमुख विमल आचार्यको विशिष्ट आतिथ्यता रहेको कार्यक्रममा उपप्रमुख मीना पोख्रेल उप्रेतीको विशेष आतिथ्यता थियो ।
औपचारीक कार्यक्रम बाहुण्डाँगी जेसीज २०२० का बरिष्ठ उपाध्यक्ष देबु बानिया र सांस्कृतिक कार्यक्रम सञ्चालन सञ्चारकर्मीद्वय नारायण कडरीया र भूमिका सुब्बाले संयूक्त रुपमा गरेका थिए ।