झापा, चैत १० । मेचीनगर ५ वडा कार्यलयले विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस(कोभिड १९)को संक्रमणबाट बच्न सचेत गराउदै आफ्ना वडाबासीलाई मास्क वितरण गरेको छ ।
सोमवार वडा कार्यलयले आफ्ना वडामा रहेका विभिन्न टोल विकास संस्थाका पदाधिकारी, जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधि सहितको सहभागीतामा कोरोना भाईरस सम्बन्धी सचेतना जगाउदै मास्क वितरण गरेको हो छ ।
अहिले विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाईरस विरुद्ध जनचेतना फैलाउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको मेचीनगर ५ का वडा अध्यक्ष योगेन थापामगरले जानकारी दिए ।
वडाबासीलाई कोरोना संक्रमणबाट बचाउन जनचेतनाका लागि माइकिङ, पर्चा पम्प्लेटलगायतका सामाग्री द्वारा सचेतना जगाएको वडा अध्यक्ष थापामगरले बताए ।