विश्व

विश्वकै निमित्त ठूलो स्वास्थ्य चुनौती बन्दै कोरोना: अहिले सम्म ८८ हजार बढीको मृत्यु

काठमाडौं, चैत २७ । विश्वकै निमित्त ठूलो स्वास्थ्य चुनौती बनेको कोरोना भाइरस कोविट–१९ का कारण अहिलेसम्म विश्वमा ८८ हजार ४०५ जनाको मृत्यु भइसकेको छ । विश्वमा २०९ देशमा पुगेको कोरोना भाइरसबाट १५ लाख १३ हजार ३०४ जना संक्रमित भएका छन् ।

संक्रमितमध्ये ३ लाख २९ हजार ७३१ जना उपचारगरि घर फर्किएका छन् । अहिले १० लाख ९५ हजार १६८ जनामा भाइरसको संक्रमण छ । उनीहरु विभिन्न अस्पताल तथा आइसोलेनमा उपचाररत छन् । उपचारमा रहेकामध्ये ४८ हजार ७८ जनाको अवस्था गम्भीर रहेको विश्व स्वास्थ्य संगठन (डब्लु एच ओ) ले जनाएको छ ।

कोरोना संक्रमणबाट बितेको २४ घण्टामा मात्र ८२ हजार ३६७ नयाँ संक्रमित फेला परेका छन् भने ज्यान गुमाउनेको संख्या ६ हजार ३६९ छ ।

चीनको वुहानबाट फैलिएको कोरोनाको संक्रमण अहिले चीनमा धेरै नियन्त्रणमा आएको छ । आज पनि चीनमा नयाँ संक्रमण र मृत्यु देखिएको छैन भने उपचार गरेर घर फर्कंनेको संख्या बढेको छ । चीनमा अहिले १ हजार १९० जनामात्र अस्पतालमा उपचाररत छन् । ती मध्इे १८९ जनाको अवस्था चिन्ताजनक छ । अरु सामान्य छन् ।

कोरोनाको संक्रमण सबैभन्दा धेरै अमेरिकामा फैलिएको छ । अमेरिकामा आजमात्रै २९ हजार ९३६ जना नयाँ संक्रमित फेला परेका छन् । योसँगै कोरोना भाइरस संक्रमितको संख्या ४ लाख ३० हजार २७१ पुगेको छ । बितेको २४ घण्टामा १ हजार ८९७ जनाले ज्यान गुमाउँदा अमेरिकामा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १४ हजार ७३८ पुगेको छ ।

विश्वमा संक्रमितको संख्या सबैभन्दा बढी अमेरिकामा रहेपनि ज्यान गुमाउनेको संख्या भने इटालीमा सबैभन्दा धेरै रहेको छ । बुधबारसम्म इटालीमा ज्यान गुमाउनेको संख्या १७ हजार ६ सय ६९ पुगेको छ ।

इटालीमा एकैदिन ५४२ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या १७ हजार ६६९ पुगेको हो । इटालीमा एकैदिन ३ हजार ८३६ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या १ लाख ३९ हजार ४२२ पुगेको छ ।

इटालीमा संक्रमितमध्ये २६ हजार ४९१ जना उपचारपछि निको भएका छन् । ३ हजार ६९३ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । ९५ हजार २६२ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

स्पेनमा पछिल्लो २४ घण्टामा ७४७ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या १४ हजार ७९२ पुगेको छ । स्पेनमा एकैदिन ६ हजार २७८ जनामा संक्रमण देखिएसँगै संक्रमितको संख्या १ लाख ४८ हजार २२० पुगेको छ । स्पेनमा संक्रमितमध्ये ४८ हजार २१ जना उपचारपछि निको भएका छन् । ७ हजार ६९ जनाको अवस्था गम्भीर रहेको छ भने ८५ हजार ४०७ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

फ्रान्समा १ लाख १२ हजार ९५० जनामा संक्रमण पुष्टि भैसकेको छ । कोरोनाभाईरसको कारण १० हजार ८ सय ६९ जनाको मृत्यु भैसकेको छ। त्यस्तै, करिब २२ हजार संक्रमितहरु कोरोना भाइरसको सफल उपचारपछि घर फर्किसकेको फ्रान्सको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

फ्रान्समा हाल करिब ८० हजार कोरोना भाइरसको संक्रमितको अस्पतालमा उपचार भैरहेको छ जसमध्धे ७ हजार १ सय ४८ जनाको अवस्था नाजुक रहेको छ। सोमबार २४ घण्टामा मात्रै फ्रान्समा १०३२८ नयाँ कोरोनाभाइरस संक्रमित थपिएका थियो भने १४०७ जनाको मृत्यु भएको थियो जुन फ्रान्सको हालसम्मकै उच्च हो।

बेलायतमा पछिल्लो २४ घण्टामा ९३८ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ७ हजार ९७ पुगेको छ । कोरोना भाइरसबाट संक्रमितको संख्या ६० हजार ७३३ पुगको छ । जसमा एकै दिन ५ हजार ४९१ जना संक्रमित भएको जनाइएको छ ।

बेलायतमा संक्रमितमध्ये १३५ जना उपचारपछि निको भएका छन् । १ हजार ५६९ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । संक्रमितमध्ये ५३ हजार ५०१ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published.