फोटो फिचर संघ \संस्था

आदर्शको रक्तदान कार्यक्रम सम्पन्न (तस्वीर सहित)

झापा, बैशाख १ । आदर्श मावि क्वारेन्टाइन ब्यवस्थापन परिवार मेचीनगर–८ ले सोमबार किरात थाक्थुम चुम्लुङमा आयोजना गरेको कार्यक्रममा ३८ जनाले रक्तदान गरेका छन् ।

अहिलेको बिषम परिस्थितिमा रगतको चरम अभाव भईरहेको अवस्थामा आदर्श मावि क्वारेन्टाइन ब्यवस्थापन परिवारको सक्रियतामा रक्तदान कार्यक्रम गरिएको हो ।

भद्रपुर रेडक्रस शाखाको प्राविधिक सहयोग रहेको रक्तदान कार्यक्रममा २ महिला र ३६ पुरुष गरी ३८ जनाले रक्तदान गरेका थिए ।

मेचीनगर–८ का वडा सदस्य सन्तोष मेचेले रगत दिएर उद्घाटन गरेको रक्तदान कार्यक्रममा नेकपा मेचीनगर ८ अध्यक्ष कुन्दन निरौला, समाजसेवी अर्जुन पोख्रेल, सन्तोष धमला, रमेश धिमाल, पवन मेचे, सविन खनाल, अम्बिका खनाललगायतले रगत दिएको आयोजकका ओमप्रसाद तिम्सिनाले जानकारी दिए ।

कार्यक्रममा मेचीनगर–८ का वडा अध्यक्ष विकेन्द्र धिमाल, मेचीनगर कार्यपालिका सदस्य तथा विपत व्यवस्थापन समिति संयोजक टिकाराम मंग्रान्तीलगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *