काठमाडौं, बैशाख ३० । आफ्नै बारीमा टाउको काटिएको अवस्थामा एक व्यक्तिको शव फेला परेको छ । लहान नगरपालिका वडा नम्बर १७ निवासी करिब ४० वर्षीय पुरुषको शव मंगलबार बिहान फेला परेको प्रहरीले जनाएको छ ।
घरदेखि ५५ मिटरको दूरीमा रहेको उनकै बारीमा टाउको काटिएको अवस्थामा शव फेला परेको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ । उनको सोमबार राति नै हत्या भएको आशंका गरिएको छ । यद्यपी कसले र किन हत्या गरेको हो ? भन्ने खुली नसकेको प्रहरी कायर्षलयले जनाएको छ ।
प्रहरीको टोली घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको छ । शवलाई पोष्टमार्टमका लागि पठाइएको छ ।

