विविध

गोली चल्दा प्रहरी सहायक निरीक्षक कार्कीको निधन

काठमाडौं, जेठ ११ । महानगरीय प्रहरी वृत्त स्वयम्भूको जुनियर अधिकृत ब्यारेकमा गोली चलेको छ । गोली लागेर प्रहरी सहायक निरीक्षक (असई) विष्णुबहादुर कार्कीको निधन भएको छ । मृतक असई स्वयम्भूस्थित हलचोक प्रहरी बिटका इन्चार्ज हुन् ।

आफैंले कञ्चटमा गोली हानेर कार्कीले आत्महत्या गरेका महानगरीय प्रहरी कार्यालयका डीआईजी विश्वराज पोखरेलले जानकारी दिए । कार्कीले किन अ‌ात्महत्या गरे भन्‍नेबारे अनुसन्धान भइरहेको छ ।

Leave a Reply

Your email address will not be published.