काठमाडौं, असार १५ । नेपालमा थप ४७६ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १३ हजार २ सय ४८ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमकाअनुसार पछिल्लो २४ घण्टामा १२१ जना डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना मुक्त हुनेहरुको संख्या ३ हजार १ सय ३४ जना पुगेको छ ।
१० हजार ८५ जना आइसोलेसनमा रहेको उनले बताए । २४ घण्टामा ७ हजार ७ सय ९१ जनाको पिसिआर परीक्षण गरिएको छ । त्यस्तै कोरोनाबाट मृत्यु हुनेको संख्या २९ पुगेको छ ।