स्वास्थ्य

गर्मीयाममा खानुहोस् यी फलफूल जसले शीतलता प्रदान गर्छ

काठमाडौं, साउन २० । गर्मीयाममा खानुहोस् यी फलफूल जसले शीतलता प्रदान गर्छ । मानिसलाई फलफूलले असर गर्दैन । अझ भनौं फलफूलले मानिसलाई शरिरमा चाहिने आवश्यक भिटामिनलगायतका तत्वहरु प्रशस्त मात्रमा प्रदान गर्दछ । त्यसमा पनि मौसम अनुसारका फलफूलले मानिसलाई थप राहत मिल्ने गर्दछ ।

गर्मी मौसममा शरीरलाई स्वस्थ र फूर्तिलो बनाई राख्नको लागि प्रशस्त मात्रामा फलफूल खानु पर्छ । त्यसैले गर्मीयाममा शीतलता प्रदान गर्न यी फलफूल खानुहोस् ।

अङगुर: अङ्गुरले शरीरलाई शीतलता प्रदान गर्ने एक पौष्टिक तत्व भएको फल हो । यसमा प्रशस्त मात्रामा एन्टीअक्सिडेन्ट पाइन्छ जसले मानसिक तनाव पनि कम गर्छ ।

आँप: आँपलाई फलफूको राजा भनेर चिनिन्छ । आँप खानु स्वास्थ्यका लागि लाभदायी हुन्छ । यसले शरीरमा शक्ति पैदा गर्छ र आँपलाई २ देखि ३ घन्टासम्म पानीमा डुबाएर खानाले शरीरमा शीतलता प्रदान गर्छ ।

काँक्रो: काँक्रोमा ९६ प्रतिशत पानीको मात्रा हुने भएकाले गर्मी मौसममा काँक्रो खाएमा उपयुक्त हुन्छ । यो खाँदा शरीरको भित्री तथा बाहिरी अंगलाई मजबुत बनाइ राख्न मद्दत गर्छ ।

खरबुजा: गर्मी मौसममा पाइने फल खरबुजा हो यसले शरीरमा शीतलता प्रदान गर्नुका साथै यसमा हुने तत्वले पेटसम्बन्धी समस्या ग्यास्ट्राइटिस, कब्जियत बाट मुक्ति मिल्छ । यसको सेवनले शरीरमा थकाइको महसुस कम गर्छ ।