साहित्य

कविताः सकारात्मक सोच

सुस्मिता भण्डारी (गैंडाकोट, नवलपुर)
घाम छायाको यात्रा जीवन
पायौ लाखौं जुनि पछि
बीच बाटोमा नरोक्कौ है
अमर बन्नुछ पौरख गरी ।

अध्यारो छ जुनकीरी झै
ज्योती फैलाउनु छ
अमुल्य यो प्राणको लक्ष्य
पूरा हामी गर्नुछ ।

ठुलो घरमा शान्ति छैन
मन छ खुशी गरिबको
सन्तुष्टि नै मुल मन्त्र
सुखी जीवनको ।

तिता मिठा हरेक पलमा
नहत्तासियौ हामी
सकारात्मक सोच राखी
पुग्नु छ है सिखर माथि ।

साना तिना लाखौं चोट
बेमतलब गरि
खुशी भई रमौ जीवन
सबै मिलिजुली ।