स्वास्थ्य

झापामा थप पाँच जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ३९८ पुग्यो

झापा, साउन २५ । झापामा आज थप पाँच जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै झापामा कोरोना संक्रमितको संख्या ३९८ पुगेको छ ।

आज संक्रमण पुष्टि हुनेहरुमा अर्जुनधारा नगरपालिका र बाह्रदशी गाउँपालिकाका दुई/दुई जना र एकजना सशस्त्र प्रहरीमा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ। उनिहरुको प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा भएको परीक्षणमा संक्रमण पुष्टि भएको हो ।

सशस्त्र प्रहरी जवान दमकमा कार्यरत हुन भने अन्य चार जना छिमेकी मुलुक भारतबाट आएका हुन्।