बबिता थापा (सन्ध्या)
पाल्पा, साउन २५ । क्षमाप्राथी छु, अहिलेको माहोलमा छर्लङ्ग देखिएको तथ्यमा आधारित भएर लेख्न खोजेकी छु । पत्रकारले छपाएका समाचार पढेर , युट्युबरले बनाएका भिडियो हेरेर , नेताले बोलेको चिल्लो कुरा सुनेर लहैलहैमा नलागौँ यथार्थ नबुझी साथ सपोर्ट र सहयोग पनि नगरौ । कतै हामीले गलत मान्छेको साथ त दिएका छैनौ ? सावधान हौ।
भनिन्छ, केही पाउन केही गुमाउन पर्छ, यो सहि हो मेहनत नगरी केही पनि पाउन हुँदैन, हामीले मेहनत त्यो कुरालाई गरिन्छ जुन कुराबाट आफूलाई पनि फाईदा हुन्छ ।तर फाइदाको पछि लाग्दा के परिणाम हुन्छ भन्ने कुरा सोच्न जरुरी छ।
के युट्युबमा भए नभएको कुरा गरेर देखाएर आफू ठूलो मान्छे बनेर कमाउनु सहि छ ? वास्तवमा, भन्नुपर्दा अहिलेको सञ्चारको युगमा सञ्चारकै दुरुपयोग धेरै भएको हामी प्रस्ट देख्छौ अहिले भएको भन्दा नभएको समाचार चाँडै फैलिएको हामीले देख्दै आईरहेका छौ । यसले भाबी पुस्तामा कस्तो असर पार्ला सोच्ने समय आएको छ ।
यस्तो समय आयो कि भ्युज बढेको आधारमा पैसा कमाइन्छ भन्ने गलत सोच लिएर युट्युबमा चाहिने नचाहिने भिडियो अपलोड गरेर समाजमा विकृति फैलाउने सञ्चारको दुरुपयोग गरेको पाईन्छ।
सबै पत्रकार हुने भए लाखौँ खर्च गरेर किन पढ्नु पर्थ्यो सबै एउटा माईक लिएर हिडे भयो त । आँखाले देखेका सबै कुरा सत्य हुन्छन् भन्ने पनि हुँदैनन् पत्रकारले छपाएका समाचार पढ्दैमा युट्युबरले बनाएका अनेक भिडियो हेर्दैमा र नेताले बोलेका चिल्ला भाषण सुन्दैमा हामी वास्तविकता पत्ता लगाउन सक्दैनौँ त्यसैले हामिले पहिला जुन कुरा हो त्यो गहिराई सम्म अध्ययन गरि सहि विश्लेषण गरेर सत्यतथ्य पत्ता लगाई त्यसलाई बाहिर ल्याउनुपर्छ।
अहिले हुने भन्दा नहुने कुरा चाँडै फैलाउने पैसा असुल्ने सञ्चारको धेरै दुरुपयोग भएको छ यसो भईरहँदा समाजमा कतै नराम्रा कुराले विकृति फैलाउने त होईन सावधान हुन जरुरी छ ।
मरुभूमिमा दिनरात नभनी कमाएको धन सहयोगको नाममा माटोमा नमिलाई दिनु
सत्य कुरा पत्ता लगाएर आफ्नो आँखाले सहि गलत छुट्टाएर मात्र सहयोग गरौ सञ्चारको साधनको सहि ठाउँमा उचित तरिकाले मात्र प्रयोग गरौ नराम्रो कुरा फैलाउँदै जादा राम्रो कुरा हराउँदै जान्छ त्यसैले हामी आँफै सजग हुन जरुरी छ ।
सम्मान गर पत्रकारको समय दिएर राम्रो कुरालाई हेरेर वास्तविक कुरा छुट्याउ यथार्थ फैलाउ मात्र सत्यतथ्य कुरा र बन्द गर झुटको खेती ।