खेलकुद

लिभरपुललाई हराउँदै आर्सनलले जित्यो कम्युनिटी शिल्ड फुटबलको उपाधि

काठमाडौं, भदौ १४ । आर्सनलले कम्युनिटी शिल्ड फुटबलको उपाधि जितेको छ । वेम्बली स्टेडियममा शनिबार भएको फाइनलमा लिभरपुललाई पेनाल्टी सुटआउटमा ५–४ गोल अन्तरले हराउँदै आर्सनलले उपाधि जितेको हो । आर्सनलले यससंगै १६ औं पटक कम्युनिटी शिल्डको उपाधि जित्न सफल भएको छ ।

Image

खेलको निर्धारित समय १–१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउट गएको थियो । पेनाल्टीमा आर्सनलका रेइस नेल्सन, एन्सले मेटल्यान्ड नाइल्स, सेड्रिक सोएरस, डेभिड लुइज र पेरिक एम्रिक आबुमियाङले गोल गरेका थिए ।

लिभरपुलका मोहमद सलाह, फाबिन्हो, ताकुमी मिनामिनो र कुर्टिस जोन्सले गोल गरे । तर, युवा खेलाडी रिहन ब्रेउस्टरको प्रहार क्रस बारमा लागेर फर्किएको थियो ।

पेनाल्टी अघि सुरुवाती अग्रता पनि आर्सनलले बनाएको थियो । खेलको १२ औं मिनेटमा आबुमियाङको गोलबाट आर्सनलले सुरुवाती अग्रता बनाएको थियो । तर, खेलको ७३ औं मिनेटमामिनामिनोले गोल गर्दै खेल १–१ को बराबरीमा फर्काएका थिए ।