विचार

‘कोरोना सङ्क्रमितलाई माया गरौँ

काठमाडौ, भदौ १५ । कोरोना कुनै पाप वा अभिशाप होइन । यो त विश्वमा महामारीका रूपमा फैलिएको रोग हो । कोरोना धनी वा गरिब जो कोहीलाई पनि हुन सक्छ । सङ्क्रमितलाई घृणा र दुव्र्यवहार होइन सक्दो सहयोग गरौँ ।’

काठमाडौँ उपत्यकाका स्थानीय तहका जनप्रतिनिधिले समुदायमा अहिले यस्तै अभियान चलाएका छन् । कोरोना सङ्क्रमित र स्वास्थ्यकर्मीलाई कोरोना सङ्क्रमित नभएका व्यक्तिले दुव्र्यवहार गर्न थालेपछि जनप्रतिनिधिकै अगुवाइमा समुदाय स्तरमा सचेतना कार्यक्रम अगाडि बढाइएको हो । काठमाडौँ उपत्यकामा कुल सङ्क्रमितमध्ये करिब ४५ प्रतिशत व्यक्ति घरमै एकान्तवास र समुदायको निगरानीमा एकान्तवास बसिरहेका छन् ।

कागेश्वरी मनोहरा नगरपालिका–१ का वडाध्यक्ष मुकुन्द गजुरेलले कोरोना सङ्क्रमितलाई दैनिक तीन पटक फोन गरेर उहाँहरूको समस्या बुझ्ने गरेको बताए । उनले नगरिक सचेत भए कोरोनालाई जित्न सकिन्छ भन्ने अभियान नै चलाएको बताए ।

काठमाडौँ महानगरपालिका–१४ का वडाध्यक्ष शोभा सापकोटाका अनुसार भनाइमा कोरोनालाई जित्न समुदाय जागरण अभियान चलाइएको छ । समुदायमा क्रियाशील युवा समूह, नागरिक समाजका अगुवा, महिला समूह, महिला स्वास्थ्य स्वयंसेविका र आमा समूहलाई कोरोना सचेतना अभियानमा टोल–टोलमा परिचालन गरिएको छ ।

काठमाडौँ उपत्यकामा एक साताभित्र सङ्क्रमितको सम्पर्कमा रहेका सबैको कन्ट्याक्ट टे«सिङ गर्नेगरी उपत्यका नगरपालिका फोरमले सबै नगरपालिकामा टोल टोलमा पुगी कन्ट्याक्ट ट्रेसिङ गर्ने काम गरिरहेको छ ।

उपत्यकामा कोरोना भाइरसका सङ्क्रमित बढ्दै गएपछि सङ्क्रमितको सम्पर्कमा आएका व्यक्तिको कन्ट्याक्ट ट्रेसिङ गर्न जनप्रतिनिधि, स्वास्थ्य टोली सहितका व्यक्ति घर–घरमा पुगेका हुन् । मध्यपुर ठिमी नगरपालिका प्रमुख मदनसुन्दर श्रेष्ठले कोरोनाप्रति आमनागरिकलाई सचेत बनाउँदै सङ्क्रमितको कन्ट्याक्ट टे«सिङ गरी सबैको पीसीआर गर्ने काम भइरहेको बताए । आजको गोरखापत्र दैनिकमा समाचार छ