मेचीनगर, असोज ३ । श्री कृष्ण व्यासाश्रम मन्दिर समितिमा पुनः लिला प्रसाद खनालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ ।

तीन बर्षे कार्यकालको लागि खनालको नेतृत्वमा रहेको मेचीनगर–८ स्थित श्री कृष्ण व्यासाश्रम मन्दिर समितिको बरिष्ठ उपाध्यक्षमा लाल बहादुर थामी, उपाध्यक्षमा सूर्य अधिकारी, महासचिवमा राजन कुमार गिरी, सचिवमा उत्तम गिरी र कोषाध्यक्षमा गोमा पोख्रेल सर्वसम्मत चयन भएका छन् ।
यसैगरी सदस्यमा गिरीराज धमला, मिलन विश्वकर्मा, केदार गिरी, मुकुन्द भट्टराई, मनिषा अधिकारी, बिष्णु बहादुर श्रेष्ठ र अनिल गिरी चयन भएका छन् ।
श्री कृष्ण व्यासाश्रम सामुदायिक भवन मेचीनगर–८ मा शनिबार सम्पन्न समितिको नवौं बार्षिक साधारण सभामा माननिय प्रदेश सभा सांसद् श्रीप्रसाद मैनालीको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा मेचीनगर नगर प्रमुख विमल आचार्य र नगर उपप्रमुख मीना उप्रेतीको विशिष्ठ आतिथ्यता रहेको थियो ।
कार्यक्रममा मेचीनगर– ८ का वडा अध्यक्ष विकेन्द्र धिमाल, वडा सदस्य सन्तोष मेचे, नेकपा मेचीनगर– ८ वडा कमिति अध्यक्ष कुन्दन निरौला, नेपाली कांग्रेस मेचीनगर– ८ वडा सभापति गिरीराज धमला, नेकपा मेचीनगर–८ वडा सचिव बिष्णु भट्टराई, विश्व हिन्दु महासंघ जिल्ला उपाध्यक्ष पण्डित अर्जुन प्रसाद रिजाल, सचिव नारद काफ्लेलगायतको आतिथ्यता रहेको थियो ।
समितिको अध्यक्ष लिला प्रसाद खनालको अध्यक्षतामा आयोजना भएको कामर्यक्रम सञ्चालन सचिव राजन कुमार गिरीले गरेका थिए ।

