काठमाडौं, असोज १८ । दिल्ली क्यापिटल्सले ईण्डियन प्रिमियर लिग आईपीएलमा तेस्रो जित हात पारेको छ ।
गएराती कोलकत्ता नाईट राईडर्सलाई १८ रनले हराउदै दिल्ली तालिकाको शीर्ष स्थानमा पुगेको हो । २ सय २९ रनको लक्ष्य पछ्याएको कोलकत्ताले निर्धारित ओभरमा ८ विकेट गुमाएर २ सय १० रन मात्र बनाउन सक्यो । नितिश रानाले ५८, ईयोन मोर्गानले ४४ र राहुल त्रिपाठीले ३६ रन बनाएपनि टोलीलाई जित दिलाउन सकेनन् । शुभमन गीलले २८ रन जोडे । दिल्लीका एनरिच नोर्टजेले ३ तथा हर्षल पटेलले २ विकेट लिए ।
यसअघि सारजाह क्रिकेट मैदानमा कप्तान श्रेयश ऐर र पृथ्वी शँले अर्धशतक बनाएपछि दिल्लीले ४ विकेट गुमाएर २ सय २८ रनको बिशाल योगफल तयार पारेको थियो । ऐर ८८ रनमा अबिजित रहदा पृथ्वीले ६६ र रिषब पन्तले ३८ रन जोडे । शिखर धवनले २६ रन बनाए ।
कोलकत्ताका आन्द्रे रसेलले २ तथा कमलेश नगरकोटी र भरुण चक्रवर्तीले समान एक विकेट लिए । ४ खेलबाट ६ अंक जोडेको दिल्लीले समान अंक भएको रोयल च्यालेन्जर्स बैङलोरलाई नेटरनरेटमा पछि पार्दै शीर्ष स्थानमा पुगेको हो ।
आईपीएल क्रिकेटमा आज मुम्बई ईण्डियन्स र सनराईजर्स हैदरावाद तथा किंग्स एलाभेन पञ्जाव र चेन्नई सुपर किंग्स प्रतिस्पर्धा गर्नेछन् ।

