समाचार

मेचीनगरमा श्रीमान्द्वारा श्रीमतीको हत्या

मेचीनगर, कात्तिक २ । झापाको मेचीनगर नगरपालिका वडा नम्बर ३ मा आईतबार बेलुका श्रीमान्द्वारा श्रीमतीको हत्या भएको छ ।

३०/३५ वर्षीय मनोज राईले २४/२५ वर्षीया श्रीमतीको हत्या गरेको मेचीनगर–३ का वडा अध्यक्ष हर्क बहादुर बस्नेतले हाम्रो खबरपाटीलाई जानकारी दिए । घरायसी बिबादका कारण श्रीमान्–श्रीमतीबीच भएको विवाद आवेशमा आउँदा श्रीमतीलाई राईले ढुङ्गा प्रहार गरी हत्या गरेको वडाध्यक्ष बस्नेतले बताए ।

इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी प्रमुख राजेन्द्र पोख्रेलको टोली घट्ना स्थलमा पुगी सकेको छ । घटनाको थप विवरण आउन बाकी छ ।