मेचीनगर, मंसीर १६ । प्रेस क्लव मेचीनगरका सदस्य एवं अनुसन्धान मिडियाकर्मी, युवा पत्रकार खगेन्द्र घिमिरे र न्यूज २४ टेलिभिजन झापा ब्युरो राजु पौडेल माथी भएको हातपात र कुटपिटको बिषयमा प्रेस क्लव मेचीनगरको गम्भीर ध्यानाकर्षण भएको भन्दै प्रेस विज्ञप्ती जारी गरेको छ ।

सञ्चारकर्ममा लागि रहेका बखत मालपोत कार्यालय दमकमा रिपोटिङ क्रममा कार्यालयकै कर्मचारीबाट पत्रकार घिमिरेमाथी भएको आक्रमणको घोर भत्सर्ना गर्दै क्लबले प्रेस विज्ञप्ती जारी गरेका अध्यक्ष लक्ष्मी उप्रेतीले बताए । संविधानले नै पूर्ण प्रेस स्वतन्त्रताको ग्यारेन्टी गरे पनि कर्मचारीहरुको यस्ता गतिविधीले व्यवहारमा पूर्ण प्रेस स्वतन्त्रताको धज्जी उडाएको भन्दै क्लबका अध्यक्ष उप्रेतीले यस बिषयमा सम्बन्धीत निकायको गम्भिर ध्यानाकार्षण हुनुपर्ने बताए ।
प्रेस क्वल मेचीनगरले प्रेस स्वतन्त्रताको व्यवहारमा कार्यान्वयनको लागि संचारमाध्यम र संचारकर्मीलाई भयरहित वातावरणमा समाचार संकलन र संप्रेषणको व्यववस्था मिलाउन स्थानिय प्रशासनसंग आग्रह गर्दै घटनामा संलग्न जोकोही व्यक्तिहरुका बारेमा अनुसन्धान गरि यस्तो निन्दनीय कार्य गर्ने कार्यालयका कर्मचारीलाई तत्काल निष्कासन गरी कार्वाही गर्न जोडदार माग राख्ने क्लबका सचिव जिआर धितालले बताए।
क्लवले जारी गरेका विज्ञप्तीमा लेखिएको छ, पत्रकार खगेन्द्र घिमिरेलगायत पत्रकारमाथी दमक मालपोत कार्यालयमा भएको आक्रमण निन्दनिय छ । घुषखोरीको भण्डाफोर गर्दा पत्रकारमाथी नै सांघातिक आक्रमण गर्ने माथी कडा कानुनी कारबाहीको माग गर्दै पत्रकारको सुरक्षामा गम्भीर बन्न सरोकारवाला निकायको ध्यानाकर्षण गर्दछौं ।

