झापा, मंसीर १६ । झापाको हल्दिबारी गाउँपालिका वडा नं ३ मा रहेको पन्चायत माध्यमिक बिधालयको अध्यक्षमा बिष्णु ओली चयन हुनु भएको छ । नयाँ व्यवस्थापन समितिको लागि अध्यक्ष चयन गरेको छ ।
कार्यालयले आज औपचारिक रुपमा पत्र पठाएर विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा ओलीलाई चयन गरेको हल्दिबारी गाउँपालिका वडा नं ३ का वडा अध्यक्ष रोशन शिवाकोटीले जानकारी दिनु भएको छ ।
यो भन्दा अगाडि विद्यालय व्यवस्थापन समिति अध्यक्षको जिम्मेवारी जनप्रतिनिधिलाई प्रदान गरेको थियो । जनप्रतिनिधिहरु अन्य कार्यमा पनि व्यस्त हुने भएकाले यश पल्ट देखि सामाजिक व्यक्तिहरुलाई नेतृत्व दिएको वडा कार्यालयले जनाएको छ । वडा कार्यलय , बिद्यालय प्रशासन र चयन हुनु भएका अध्यक्षले अब सहजीकरण गरि कार्य समितीलाई पुर्णता दिने कुरा विद्यालयका प्र.अ कृष्ण बनले जानकारी दिनु भयो ।

