देबु बानियाँ
बाहुण्डाँगी, १६ मंसिर । नेपाल जेसीजको २०२१ का लागि हुन लागेको आशन्न निर्वाचनमा सहाभागि हुने उम्मेदवारहरुको तालिम मंगलवारबाट काठमाडौँमा सुरु भएको छ ।
नेपाल जेसीजको विधान अनुसार चुनावमा सहभागि हुने उम्मेदवारले अनिवार्य रुपमा यस तालिममा सहभागि हुनु पर्नेछ । तालिम ३ दिन सम्म चल्नेछ । ७ अध्यक्ष, १६ जना कार्यकारीणी उपाध्पक्ष र ४१ जना उपाध्यक्षका उम्मेदवारहरु गरी ६४ जनाले तालिममा सहभागिता जनाएका छन् । यस अघि नेपाल जेसीजमा भएको मनोनयन दर्तामा ६७ जनाको उम्मेदवारी परेको थियो । जसमा कार्यकारीणी उपाध्यक्षमा थानकोट जेसीजका मोहनलाल डाँगी, बुटवल जेसीजका नरदेव न्यौपाने र देवचुली जेसीजका खड्गबहादुर रानाले तालिममा सहभागि नभएको नेपाल जेसीजका तालिम आयुक्त शिव सुवेदीले बताउनु भयो । यो सँगै उनीहरुको उम्मेदवारी स्वत खारिज भएको छ ।
तालिममा सिनेटर राजेन्द्रबहादुर श्रेष्ठ मुख्य प्रशिक्षकका रुपमा रहनु भएको छ । यसैगरी सिनेटर राजु केसी, सिनेटर अशोक शंकर, सिनेटर फुलकुमार लालवानी, सिनेटर राजाबाबु शाह, दुर्गादेवि सुवेदी, भिसम्भर बुढाथोकी, रविन कटुवाल, हरिभक्त शर्मालगायले सहभागिलाई प्रशिक्षण गराउनु हुने तालिम आयुक्त सुवेदीले् बताउनु भयो ।

तालिममा १ अध्यक्षका लागि ७ जना, ४ जना राष्टिय कार्यकारीणी उपाध्यक्षका लागि १६ जना र १२ जना राष्टिय उपाध्यक्षका लागि ४१ जना चुनावी मैदानमा उत्रिने करिब पक्का पक्की भएको छ ।
नेपाल जेसीजको इतिहासमा यति धेरै उम्मेदवारहरुले मनोनय दर्ता गरेको यो पहिलो हो ।
अध्यक्षका लागि बीसहजार जेसीजबाट अरुणेश्वर खनाल, काभ्रे जेसीजबाट सिनेटर विकास मानन्धर, नुवाकोट जेसीजबाट सिनेटर रविन पोखरेल, त्रिभूवननगर जेसीजबाट लालमणी भण्डारी, हेटौडा लेडी जेसीजबाट शोभा खरेल, गैडाकोट जेसीजबाट गोकुल सापकोटा र विराटनगर जेसीजबाट श्यामसुन्दर पौडेल (मिलन) ले उम्मेदवारी दर्ता गर्नु भएको छ ।
यसैगरी कार्यकारीणी उपाध्यक्ष पदमा पाटन जेसीजका सुमनकृष्ण श्रेष्ठ, भकुण्डेबेसी जेसीजकी सिनेटर रुकमण िसिग्देल, बालकोट जेसीजकी रमा प्याकुरेल, नवलपुर जेसीजका कृष्ण प्रसाद अर्याल (केपी), रामनगर जेसीजका भोजराज चापागाई, हेटौडा जेसीजबाट सिनेटर अरुणकुमार दाहालले मनोनय दर्ता गर्नु भएको छ ।
यसैगरी गीतानगर जेसीजका अशोक कोइराला, नाल्दुमनगरकोट जेसीजकी मन्जु शाह ठकुरी, दुवही जेसीजकी सिनेटर कञ्चन झा, मलंवा जेसीजका अनवर हुसेन, टंकीसिनवारी जेसीजकी मञ्जरी घिमिरे, सौराह जेसीजका शिवप्रसाद भुषाल, पाटन लेडी जेसीजकी सुमित्रा शर्मा, काठमाडौँ जेसीजका मुकुन्द दाहाल, भलवारी जेसीजका गोविन्द पंगेनी र विरता जेसीजका विशाल थापाको कार्यकारीणी उपाध्यक्ष पदमा उम्मेदारी परेको छ ।
यसैगरी राष्टिय उपाध्यक्ष पदमा अभिशेक दुलाल (सितापाइला जेसीज), सुनिल तिम्सिना(तरहरा जेसीज), भाष्कर भट्टराई (अर्जनुधारा जेसीज), सुजन बरुवाल (म्याग्दी जेसीज), कल्पना पाण्डे कुसुम(बुटवल लेडी जेसीज), सन्तोष चम्लगाई, (चक्रग्ट्टी जेसीज), गणेशप्रसाद भट्टराई (इन्द्रपुर जेसीज), विमल ज्ञवाली (सैनामैना जेसीजं, राजनी थापा (मनोहरा जेसीज), डिल्लीराम पोखरेल (भद्रपुर जेसीज), पायल शर्मा (लमजुंग जेसीज), मोहन ढुंगाना (लम्की जेसीज), गौतम शाह (जनकपुर जेसीज), शिवराज घिमिरे (विरेन्द्रनगर जेसीज), तुलसा भुषाल (भैरहवा लेडी जेसीज), दिपेन्द्र निरौला (धरान जेसीज), पुष्प कार्की (झुम्का जेसीज) को उम्मेदवारी परेको नेपाल जेसीजका महासचिव टेकराज रेग्मीले बताउनु भयो ।
यसैगरी कुमारसिंह सावाँ (शिवसताक्षी जेसीज रुपेश भट्टराई (कपन जेसीज), वीरसिंह महरा (फुलवारी जेसीज), मुकेश सिंह (विरगञ्ज जेसीज), सोनितराज ढुंगेल इमाडोल जेसीज), सन्दिप अग्रहरी (रामग्राम जेसीज), विमला सुवेदी (दुहवी जेसीज), मिजास पोखरेल (वीरता जेसीज), उत्तमप्रसाद पकुवाल (चारआली जेसीज), गोपाल खड्का (रामेछाप जेसीज), सरोज अधिकारी ( बसामाडी जेसीज), प्रमिशा काफ्ले ( सारदानगर जेसीज), जीवन श्रेष्ठ (ठिमी जेसीज), प्रकाश पौडेल (दैलेख जेसीज), अनोज जोशी (नारायणगढ जेसीज), नरेन्द्र महर्जन (कीर्तिपुर जेसीज), योगीराज अधिकारी (चम्पापुर जेसीज), सुरेश कार्की (धनकुटा सिटी जेसीज), किरण न्यौपाने (गोदावरी जेसीज), नरदेव न्यौपाने (बुटवल जेसीज), केशव अधिकारी (देवदह जेसीज), प्रज्जवलकुमार श्रेष्ठ (नेपालगञ्ज जेसीज), राजन गौतम (राजहर जेसीज), खड्गबहादुर राना (देवचुली जेसीज) हरिश भट्ट (महेन्द्रनगर जेसीज) र सुबास पोखरेल (रत्ननगर जेसीज) ले उपाध्यक्ष पदमा मनोनय दर्ता गरेका नेपाल जेसीजका कार्यालय प्रमुख प्रभात श्रेष्ठले बताए ।
निर्वाचनका लागि बोर्ड बैठकले नेपाल जेसीजका पूर्व अध्यक्ष तेजशंकर भट्टलाई निर्वाचन आयुक्तमा मनोनित गरेको छ । महाधिवेशन भलबारी जेसीजको आतिथ्यतामा हुन लागेको हो ।

