संघ \संस्था

रामनगर जेसीजको अध्यक्षमा देवी शर्मा

बाहुण्डाँगी, १६ मंसिर । रामनगर जेसीजका लागि २०२१ को अध्यक्षमा देवी शर्मा सर्वसम्वत निर्वाचित हुनु भएको छ । सोमवार भएको शाखा अधिवेशनले शर्मालाई अध्यक्षमा निर्वाचित गरेको हो ।


शाखाको कार्यकारीणी उपाध्यक्षमा कुष्माखर चापागाई र कमल गैरे, उपाध्यक्षहरुमा जीवन न्यौपाने, झविन्द्र भट्टराई, कला डुर्मे भट्टराई, बसन्त पन्त, सचिवमा तारा सुनार र सहकोषाध्यक्षमा भरत प्रसाद न्यौपाने निर्वाचित भएका छन् । शाखा अधिवेशन शाखाका अध्यक्ष भोजराज पौडेलको अध्यक्षमा सम्पन्न भएको थियो ।