बाहुण्डाँगी १६ मंसिर । देशकै पुरानो शाखा बिरगञ्ज जेसीजका लागि २०२१ को अध्यक्षमा रञ्जन रावत सर्वसम्वत निर्वाचित भएका छन् ।
शनिवार सम्पन्न शाखाको ४८ औँ शाखा अधिवेशनले रावतलाई अध्यक्षमा निर्वाचित गरेको हो ।
शाखाको कार्यकारीणी उपाध्याक्षमा त्रिलोकीनाथ शाहा, विजय अग्रवाल तथा उपाध्यक्षहरुमा प्रकाश शर्मा, सुकसागर गौरु, गिरीस ढंगेल र स्वेच्छा रौनियार निर्वाचित भएका शाखाका अध्यक्ष मुुकेश सिंहले बताउनु भयो ।

