खेलकुद

यूईएफए ‘टिम अफ दि इयर’ को मनोनयनमा ५० खेलाडी समावेश

काठमाडौं, मंसीर १७ । यूईएफए ‘टिम अफ दि इयर’ को मनोनयन सार्वजनिक भएको छ । यूईएफएले हिजो ५० खेलाडीलाई समावेश गरी पुरुष फुटबलर तर्फको मनोनयन सार्बजनिक गरेको हो । टिम अफ दि ईयरको सुचीमा जर्मन क्लब बायर्न म्युनिखका सर्बाधिक ९ खेलाडी अटाएका छन् ।

बयर्नका फरवार्डद्वय रोबर्ट लेवान्डोस्की र सर्जी नाब्रीसंगै मिडफिल्डर किंग्स्ले कोम्यान, लियोन गोरेट्जा, थोमस मुलर रहेका छन् । सुचीमा बार्यनका डिफेन्डर डेभिड अलाबा, अल्फोन्सो डेभिस, जोसुवा किमिच तथा गोलरक्षक म्यानुअल नुयर पनि रहेका छन् ।

इुईएफएको टिम अफ दि ईयरको सुचीमा स्टार खेलाडीहरु क्रिस्टियानो रोनाल्डो, लियोनल मेस्सी, नेयमार र केलियन एम्बाप्पे पनि रहेका छन् । त्यसबाहेक आर्लिङ हालाण्ड, एन्जल डी मारिया, जाओ फेलिक्स, सिरो इम्मोबाइल, ह्यारी केन, रोमेलु लुकाकु, मोहम्मद सालाह, सादियो माने, किलियन एम्बाप्पे र रहिम स्टर्लिङ फरवार्डतर्फको मनोनयमा छन् । रोनाल्डो १७ औं पटक टिम अफ दि इयरको मनोनयनमा परेका हुन् । उनले १४ पटक यूईएफए टिम अफ दि इयरमा स्थान पक्का गरिसकेका छन् । पछिल्ला १३ वर्षयता लगातार उनी टिममा स्थान बनाइसकेका छन् । यो सबै कीर्तिमान हो ।

यसैगरी बार्सिलोनाका कप्तान मेस्सी १५औं पटक मनोनयनमा परेका छन्, जसमध्ये उनले ११ पटक टिममा स्थान बनाएका छन् । त्यसबाहेक सर्जियो रामोस र लेवान्डोस्की नवौं पटक मनोनयनमा परेका छन् । इन्टरमिलानका लुकाकु सन् २०१० यता पहिलोपटक मनोनयनमा परेका हुन् । उनी १७ वर्षको उमेरमा मनोनयनमा परेका थिए । बायर्नका डेभिस भने २० वर्षयता नोमिनेशनमा पर्ने पहिलो क्यानडियन खेलाडी बने । थियागो सिल्भा मनोनयनमा पर्ने सबैभन्दा पाको उमेरका खेलाडी हुन् । चेल्सीका सिल्भा अहिले ३६ वर्षका छन् ।