खेलकुद

बेन्जेमा चम्कदा रियल म्याड्रिडले एइवरमाथि ३–१ विजयी

काठमाडौं, पुस ०६ । फ्रेन्च फरवार्ड करिम बेन्जेमा चम्कदा रियल म्याड्रिड
ले एइवरमाथि ३–१ को सहज जित निकालेको छ । बेन्जेमा ले एक गोल गर्नुका साथै दुई गोलको लागि असिस्ट दिएका थिए ।

करिम बेन्जेमासँगै लुका मोड्रिच र लुकास भास्क्वेजले गोल गरेपछि रियलले एइवरलाई उसकै मैदानमा सहज जित हात पारेको हो । किकेले गरेको गोल सान्त्वना बन्यो । एइवरमा आइतबार राति भएको खेलमा रियलले खेलको छैटौ मिनेटमा करिम बेन्जेमाको गोलबाट अग्रता लिएको थियो ।

रोड्रिगो गोएसले क्रस गरेको बललाई बेन्जेमाले पेनाल्टी बक्समा नियन्त्रणमा लिदै सहज फिनिस गरेका थिए । १३औं मिनेटमा लुका मोड्रिचले गोल गर्दै रियलको अग्रता दोब्बर पारे । करिम बेन्जेमाले एक डिफेन्डरलाई बटि गर्दै दिएको कटब्याकलाई लुका मोड्रिचले उत्कृष्ट फिनिस गरेका थिए ।

१६औं मिनेटमा बेन्जेमा चुके । २८औं मिनेटमा किकेले गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याए । उनले केभिन रोड्रिगेसको पासमा गोल गरेका थिए । ३६औं मिनेटमा टोनी क्रुसको लामो पासमा बेन्जेमाले गोल गरेपनि उनी अफसाइड ठहरिदा गोलले मान्यता पाएन ।

पहिलो हाफमो इन्ज्युरी समयमा काउन्टर अट्याकमा भास्क्वेजले एइवरका गोलरक्षक डिमिट्रोभिकलाई बिट गर्दै गरेको प्रहारलाई पेड्रो बिगासले गोललाइनबाट बचाउदै रियलको थप अग्रता टारे । ६८औं मिनेटमा टोनी क्रुसको चलाखीपुर्ण पासमा रोड्रिगोले वान भर्सेस वानको अवस्थामा गरेको प्रहार गोलरक्षक डिमिट्रोभिकले खुट्टाले बचाए ।

Real Madrid ratings vs Eibar: Sergio Ramos to the rescue

७४औं मिनेटमा मार्को एसेन्सियोको फ्रिकिक पोस्ट नजिकैबाट बाहिरियो । ८०औं मिनेटमा योसीनोरी मुटोको हेडरलाई पेनाल्टी बक्समा सर्जियोले ह्यान्ड गर्न पुगेपनि भिएआरले उक्त ह्यान्डलाई मान्यता नदिा एइवरले बराबरीको सुवर्ण अवसर खेर फाल्यो ।

इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा कप्तान सर्जियो रामोसले पेड्रो बिगासको प्रहारलाई उत्कृष्ट ब्लक गर्दै एइवरको बराबरी टारे । इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा करिम बेन्जेमाको पासमा लुकास भास्क्वेजले सहज गोल गर्दै रियललाई ३–१ को सहज जित दिलाए ।

Real Madrid's Dani Carvajal celebrates with Sergio Ramos after Atletico Madrid's Jan Oblak scored an own goal in La Liga on December 12, 2020

ला लिगामा रियलको यो लगातार चौथो जित हो । २९ नोभेम्वरमा एलाभेससँग २–१ ले पराजित भएयता रियलले सेभिया, एट्लेटिको म्याड्रिड र एथलेटिको बिल्वाओलाई पराजित गरेको थियो ।

जितसँगै रियलले शीर्षस्थानको एट्लेटिको म्याड्रिडसँग अंक बराबरी गरेपनि गोल अन्तरमा दोस्रो स्थानमा रहेको छ । रियलको १४ खेलबाट २९ अंक पुगेको छ । शीर्षस्थानको एट्लेटिको म्याड्रिडको १२ खेलबाट २९ अंक रहेको छ । पराजित एइवर १४ खेलबाट १५ अंक जोडेर १४औं स्थानमा छ । एजेन्सी