बाहुण्डाँगी, पुस १२ । उदयपुर जेसीजको अध्यक्षमा शर्मिला थापा (सबु) निर्वाचित हुनु भएको छ । शनिवार सम्पन्न १०औं अधिबेशन सम्पन्न शाखा अधिवेशनले थापालाई अध्यक्षमा निर्वाचित गरेको हो । शाखाको कार्यकारीणी उपाध्यक्षमा ईश्वरमान राई, संगीता घिमिरे, उपाध्यक्षहरुमा पवन रावत, बादल खतिवडा, सुरज शाह र तिङकी ज्वाला चौधरी निर्वाचित भएका छन् । उदयपुर जेसिसका संस्थापक अध्यक्ष मदनराज Read More…
Month: December 2020
सुर्खेत महिला जेसीजको अध्यक्षमा लक्ष्मी गुरुङ
बाहुण्डाँगी, ११ पुस । सुर्खेत महिला जेसीजको २०२१ को अध्यक्षमा लक्ष्मी गुरुङ सर्वसम्वत निर्वाचित हुनु भएको छ । शनिवार सम्पन्न शाखाको १० औँ साधारणसभाले गुरुङलाई अध्यक्षमा निर्वाचित गरेको हो । शाखाको कार्यकारीणी उपाध्यक्षमा मिना गुरुङ, रञ्जु बिसि, उपाध्यक्षहरुमा कमला बस्याल, मानु सुनुवार, राधा श्रेष्ठ आचार्य सोना थापा निर्वाचित भएका २०१८ की अध्यक्ष कृति गुभाजु शाक्यले Read More…
चुनाव हुन्छ र ठूलो पार्टी हुन्छ भन्ने भ्रममा नपर्न कांग्रेसलाई बाबुरामको सुझाव
काठमाडौं, पुस १२ । जनता समाजवादी पार्टी नेपालका संघीय परिषद अध्यक्ष डा बाबुराम भट्टराईले चुनाव हुन्छ भन्ने भ्रममा नपर्न नेपाली कांग्रेसलाई आग्रह गरेका छन् । आइतबार राजधानीमा आयोजित जसपाको प्रदर्शनलाई सम्बोधन गर्दै डा। भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले चुनाव गराउलान र पहिलो पार्टी भइन्छ भन्ने भ्रममा नपर्न कांग्रेसलाई आग्रह गरेका हुन् । उनले चुनाव भ्रममात्रै Read More…
राष्ट्रपति विद्यादेवी भण्डारीले बोलाइन् राष्ट्रियसभा बैठक
काठमाडौं, पुस १२ । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभा बैठक आह्वान गरेकी छन् । उनले पुस १७ गते शुक्रवार दिउँसो ४ बजेका लागि बैठक आह्वान गरेकी हुन् । राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशव प्रसाद घिमिरेले संविधानको धारा ९३ को उपधारा १ बमोजिम बैठक बोलाइएको आइतवार जारी विज्ञप्तिमार्फत जनाएका छन् ।
लाइसेन्सको अनलाइन आवेदन पुस १४ देखि खुल्ने
काठमाडौं, पुस १२ । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को अनलाइन आवेदन आउँदो मंगलबारदेखि खुल्ने भएको छ । गएको चैत ११ गतेदेखि बन्द रहेको लाइसेन्स वितरणका लागि आवेदन, लिखित परीक्षा र ट्रायल यहि पुस १४ गते मंगलबारदेखि खुल्ने यातायात व्यवस्था विभागले जनाएको छ । कोरोना भाइरसविरुद्ध स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको स्वास्थ्य सम्बन्धि मापदण्ड पालना Read More…
आर्सनलद्वारा चेल्सी पराजित
काठमाडौं, पुस १२ । प्रिमियर लिग फुटबलमा चेल्सीमाथि आर्सनलले सहज जित निकालेको छ । शनिबार राति इमिरेट्स मैदानमा भएको खेलमा आर्सनलले चेल्सीलाई ३–१ गोल अन्तरले हराएको हो । प्रिमियर लिगको पछिल्ला ७ खेलमा विजयी हुन नसकेको आर्सनलले चेल्सीलाई सहजै हराएको हो । पहिलो हाफमै २–० को अग्रता लिएको आर्सनलले दोस्रो हाफको सुरूवातैमै ३(० को अग्रता Read More…
प्रेस तथा अभिब्यक्ति स्वतन्त्रतालाई सम्झौता गर्नै सकिदैन: महासचिव विष्ट
मेचीनगर, पुस ११ । नेपाल पत्रकार महासंघका केन्द्रिय महासचिव रमेश विष्टले प्रेस तथा अभिब्यक्ति स्वतन्त्रताको बिषयमा कुनै पनि किसिमको सम्झौता गर्न नसकिने बताएका छन् । पत्रकार महासंघ झापा शाखाको वार्षिक साधारण सभामा प्रमुख अतिथिको आसनबाट बोल्दै महासचिव विष्टले श्रमको मुद्धा केवल भाषण गर्ने बिषय मात्र नभई अब साच्चिकै हल हुने बताए । बर्तमान परीवेशमा सञ्चार Read More…
समूह नमिल्दा प्रदेश १ का मुख्यमन्त्री राईद्वारा आर्थिक मामिला तथा योजनामन्त्री आङ्बो बर्खास्त
काठमाडौं, पुस ११ । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले आर्थिक ममिला तथा योजना मन्त्री इन्द्र आङ्बोलाई बर्खास्त गरेका छन् । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विवाद उत्कर्षमा पुगेसँगै प्रदेशमा पनि यसको असर देखा पर्न थालेको छ । पूर्व माओवादी नेता आङ्गबो अहिले प्रचण्ड–नेपाल समूहका हुन भने मुख्यमन्त्री राई प्रधानमन्त्री केपी शर्मा Read More…
आदर्श धिमाल समाजको अध्यक्षमा रघुनाथ
मेचीनगर, पुस ११। आदर्श धिमाल समाज मेचीनगर–८ को अध्यक्षमा रघुनाथ धिमाल चयन भएका छन् । शनिबार मेचीनगर–८ स्थित सनसाईन अंग्रेजी मावि परिसरमा सम्पन्न साधारणसभाबाट सर्वसम्मत रुपमा अध्यक्षमा रघुनाथ चयन भएका हुन् । संंस्थाको उपाध्याक्षमा जितेन्द्र धिमाल, सचिवमा रविन्द्र धिमाल, सहसचिवमा रोहित धिमाल तथा कोषाध्यक्षमा लक्ष्मी धिमाल चयन भएका छन् । संस्थाको सदस्यहरुमा ससीव धिमाल, रमिला Read More…
जाडोमा स्वास्थ्य रहन दैनिक खानुहोस् यी ८ खानेकुरा !
काठमाडौं, पुस ११ । त्यसो त जाडोयामलाई शरीर बनाउने मौसमको रुपमा लिइन्छ । यसका बाबजुद पनि कहिलेकाही अचानक स्वास्थ्य अवस्था बिग्रन सक्छ । जाडो बढ्दै जाँदा शरीरलाई न्यानो राख्न र बलियो बनाउनु आवश्यक हुन्छ । यसका लागि तपाईले दैनिक केही यस्ता खानेकुरा खानुहोस्, जसले तपाईको स्वास्थ्य बिग्रन दिँदैन । यी आहाराको सेवनले तपाईंको शरीरलाई तातो Read More…










