झापा, पुस २७ । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का केन्द्रिय सदस्य महेश बस्नेत आज झापा आउने भएका छन् । ओली निकट राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी झापाले आयोजना गरेको जिल्ला भेलालाई सम्बोधन गर्न उनी आज झापा आउने भएका हुन् । कार्यक्रम झापाको मेचीनगर–१० स्थित धुलाबारीको टाउन हलमा हुने छ ।
नेकपाभित्र देखिएको अन्तरविरोधले जनसंगठन प्रभावित भइरहेको बेला पार्टीका केन्द्रीय सदस्य समेत रहेका बस्नेले झापाका युवाहरुलाई सम्बोधन गर्न आउने भएका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीका खास व्यक्तिका रुपमा रहेका युवा नेता बस्नेत वर्तमान राजनीतिक घटनाक्रम र आगामी योजना बारे युवाहरुलाई प्रस्ट्याउन प्रधानमन्त्रि ओलीको गृह जिल्ला समेत रहेको झापा आउन लागेका आयोजकले जनाएको छ ।
जिल्ला भेलालाई ओली निकट राष्ट्रिय युवासंघ नेपालका केन्द्रिय सचिव राजु कार्कीलगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ । कार्यक्रममा जिल्लाका १५ वटै पालिकाबाट युवाहरुको ठुलो संख्यामा सहभागिता हुने पनि आयोजकले बताएको छ ।

