बाहुण्डाँगी । धनकुटा लेडी जेसीजको आयोजनामा धनकुटा लेडी जेसीज वर्ष २०२१ का कार्यसमितीलाई लो अफिसर तालिम सम्पन्न भएको छ । शनिवार होटल चिप एण्ड बेष्टमा भएको तालिममा २०२१ का बोर्डका पदाधिकारीहरुको सहभागिता रहेको थियो । धनकुटा लेडी जेसीज बर्ष २०२१ कि अध्यक्ष जेसी बिसिका श्रेष्ठ ज्युको अध्यक्षता तथा नेपाल जेसीजका पूर्व राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष रिता Read More…
Month: February 2021
घायलकाे ‘रिभेन्ज’ मा खगेन्द्र ‘खराे’काे इन्ट्री
झापा, फागुन १६ । नेपाली कथानक चलचित्र रिभेन्ज काे पूर्वमा धमाधम छायांकन भइरहेको छ । डिएस डिजिटल सिनेमाकाे प्रस्तुतिमा बन्न लागेकाे चलचित्र माेरङकाे तरहराका विभिन्न क्षेत्रमा छायांकन हुदै छ । शंकर अधिकारी घायलकाे लेखन तथा निर्देशन रहेको फिल्म मा नेपाल बाट बिदेश मा बेचिएका चेलिबेटी हरुकाे कथालाइ समेट्न खाेजिएकाे निर्देशन घायलले बताए । नेपालमै पहिलो Read More…
फागुन २३ गते प्रतिनिधिसभामा विघटनअघिका ३२ विधेयक पेश हुँदै
काठमाडौं, फागुन १६ । संसदीय इतिहासमा हालसम्म पाँचपटक प्रतिनिधिसभाको विघटन भएको मध्ये दुई विघटनका कदमले मात्र सार्थकता पाएको छ । विघटित प्रतिनिधिसभा दुईपटक अदालतमार्फत र एकपटक जनआन्दोलनमार्फत पुनःस्थापित भएका थिए । पहिलोपटक विसं २०५१ मा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले प्रतिनिधिसभा विघटनको सिफारिस गरेका थिए । विसं २०५१ असार २७ गते तत्कालीन राजाबाट सो सिफारिस सदर Read More…
आगामी चुनावमा दुई तिहाइको सरकार बनाएरै छाड्छु : प्रधानमन्त्री ओली
झापा, फागुन १६ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्रविक्रम चन्द (विप्लव) समूहसँग वार्ताद्वारा समस्याको समाधान छिट्टै हुने बताएका छन् । कमल गाउँपालिका– ७ मा नेपालको सबैभन्दा ठूलो औद्योगिक क्षेत्र चीन नेपाल मैत्री औद्योगिक पार्कको शिलान्यास गर्दै उनले चन्द समूहको समस्या वार्ताद्वारा समाधान गरिने दृढता व्यक्त गरेका हुन् । उनले आजै पाँच पुलको उद्घाटन र ३१ Read More…
श्रीनाथ गण चारआली सेमीफाइनलमा
बाहुण्डाँगी, फागुन १६ । नव ज्योति युवा क्लबको आयोजजामा शनिवारबाट सुरु भएको नव ज्योति नकाउट फुटबल प्रतियोगितामा श्रीनाथ गण चारआली (आर्मी) सेमीफाइनलमा प्रवेश गरेको छ । नव ज्योति निमाविको खेल मैदानमा आइतवार भएको खेलमा रोलिङ क्लब धुलावारीलाई २–० को गोल अन्तरले पछि पार्दै सेमीफाइनलको यात्रा तय गरेको हो । जितका लागि आर्मीका देवेन्द्र चौधरी र Read More…
झापा आउँदै प्रधानमन्त्री, औद्योगिक पार्कसहित विभिन्न योजनाको शिलान्यास गर्ने
युवराज आचार्यझापा, फागुन १६ । प्रधानमन्त्री केपी शर्मा ओली आज गृहजिल्ला तथा आफ्नो निर्वाचन क्षेत्र झापा आउँदैछन् । उनी औद्योगिक पार्कलगायतका विकासका आयोजना शिलान्यासका लागि झापा आउने भएका हुन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रधानमन्त्री ओली आज साँझ नै काठमाडौं फर्किने तयारी छ । प्रधानमन्त्री ओलीले झापाको निर्वचन क्षेत्र नम्बर ५ मा औद्योगिक Read More…
बडाखालमा नव ज्योति नकाउट फुटलब सुरु, आयोजको विजय सुरुवात
बाहुण्डाँगी, फागुन १६ । नव ज्योति युवा क्लबको आयोजजामा सुरु भएको नव ज्योति नकाउट फुटबल प्रतियोगिताको उदघाटन खेलमा आयोजक टिमको विजय सुरुवत भएको छ । नव ज्योति युवा क्लबको आयोजनामा शनिवारबाट सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा आयोजक नव ज्योति युवा क्लब २–० को गोल अन्तरले विजय भएको हो । प्रतियोगिताको उद्घाटन मेचीनगर नगरपालिकाका मेयर विमल Read More…
शिक्षक संघको तेस्रो मेचीनगरसभा सप्पन्न
मेचीनगर, १६ फागुन ।। नेपाल शिक्षक संघ मेचीनगरको तेस्रो प्रतिनिधि सभा सम्पन्न भएको छ । संघ आबद्ध सभामा सेवा निबृत्त शिक्षक, अन्यत्रबाट सरुवा भइ आएका शिक्षक र संगठन सुदृढीकरणमा योगदान पुर्याउन शिक्षकलाई सम्मान गरिएको थियोे । कार्यक्रमका प्रमुख अतिथि मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यले शिक्षाको रकम सही सदुपयोग हुने र गर्नु पर्ने बताए । नगरमा Read More…
पिएसजी दोस्रो स्थानमा
काठमाडौं, फागुन १६ । फ्रेन्च लिग वानमा साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) शानदार जित निकालेको छ । शनिबार राति पिएसजीले डिजोनलाई उसैको मैदानमा ४–० गोलले हराएको हो । पिएसजीलाई जिताउन किलियन एम्बाप्पेले दुई गोल गर्दा मोइसे किन र डेनिलो पेरेर्राले समान एक–एक गोल गरे । खेलको छैटौँ मिनेटमा किनले गोल गर्दै पिएसजीलाई अग्रता दिलाएका Read More…
नयाँ सरकार प्रचण्ड-नेपाल नेतृत्वमा बन्छ : भट्टराई
सुनसरी, फागुन १६ । नेकपा (दाहाल-नेपाल समूह)का केन्द्रीय सदस्य योगेश भट्टराईले नयाँ बन्ने सरकार आफ्नो दलको नेतृत्वमा बन्ने बताएका छन् । संसद बैठक शुरु भएसँगै नयाँ सरकार निर्माणको कार्य शुरु हुने जानकारी दिए । दाहाल-नेपाल समूह निकट प्रेस संगठन नेपाल १ नम्बर प्रदेशको दोस्रो भेलालाई शनिवार सुनसरीको ईटहरीमा सम्बोधन गर्दै भट्टराईले संचार नीतिमा व्यापक परिवर्तन Read More…