खेलकुद

आइपीएलः इतिहासका सर्वाधिक महंगा ५ खेलाडी

काठमाडौं, फागुन ७ । जेमिसन १५ करोड भारुमा विक्रिइन्डियन प्रिममियर लिग आइपीएलको १४ सिजनको अक्सनसम्म धेरै खेलाडीले आफ्नो तोकेको मुल्य भन्दा कयौं गुणा बढी मुल्य पाए । आसन्न आइपीएलका लागि पनि यसपटक निकै खेलाडीले तोकेको भन्दा धेरै रकम पाउन सफल भए । यसपटकको अक्सनमा दुई खेलाडी जसले नसोचेको रकम पाए । ती हुन दक्षिण अफ्रिकी अलराउण्डर क्रिस मोरीस र अष्ट्रेलियन बलर केली जेमिसोन ।

आइपीएलका इतिहासमा सबै भन्दा महंगो खेलाडी बनेका मोरिसको बेस प्राइस दक्षिण अफ्रिकाका अलराउण्डर मोरिसको न्यूनतम मूल्य ७५ लाख रहेको थियो । उनलाई लिलामीमा राजस्थान रोयल्सले मोरिसमाथि १६ करोड ७५ लाख खर्च गरेको हो । यो आईपीएल इतिहासकै सर्वाधिक ठूलो लिलामी मूल्य पनि हो ।

उनले यसअघिका सर्वाधिक महंगो खेलाडी युवराज सिंहको रेकर्डलाई पनि तोड्न सफल भए ।

आइपीएलको इतिहासमा दोस्रो महंगो खेलाडी हुन, पूर्व भारतीय खेलाडी युवराज सिंह । उनी सन् २०१५ मा दिल्लीका लागि १६ करोड भारतीय रुपैयाँमा विक्रि भएका थिए । जुन यसअघिसम्म सर्वाधिक एक खेलाडीमा तिरेको रकम थियो ।

सन् २०२० को सिजनमा प्याट कमिन्सलाई कोलकाताले १५ करोड ५० लाख रुपैयाँमा अनुबन्ध गरेको थियो । अलराउण्डर कमिन्सले खासै राम्रो प्रदर्शन गर्न सकेनन् । त्यो बेला बिग ब्यास लिगमा गरेको प्रदर्शनका आधारमा उनलाई महंगो रकममा भित्र्याएको थियो ।

आइपीएलको इतिहासमा सर्वाधिक जेमिसनलाई रोयल च्यालेञ्जर्स बैंग्लोरले १५ करोड भारतीय रुपैयाँमा अनुबन्ध गरेका छन ।

७५ लाख रुपैयाँबाट अक्सन सुरु भएकोमा बैंग्लोरले पहिलो बोली लगाएको थियो । बैंग्लोरसँग सुरुवातमा दिल्लीले बोली लगाएको थियो ।

उसको रेट सात करोड ५० लाख रुपैयाँ पुगेपछि पञ्जावले बोली लगाएको थियो । तर अन्तिममा बैंग्लोरले उनलाई १५ करोड भारतीय रुपैयाँमा अनुबन्ध गर्न सफल भयो ।

यस्तै सर्वाधिक महंगो खेलाडीको सूचीमा पाँचौं स्थानमा छन, बेन स्टोक । उनलाई सन् २०१७ को सिजनमा राजस्थानले १४ करोड ५० लाख रुपैयाँमा अनुबन्ध गरेको थियो । इंग्ल्याण्डका अलराउण्डर स्टोकले आइपीएलमा तहल्का पनि पिटेका थिए ।