अन्तर्वार्ता

‘यो एकाडेमी नेपाल जेसीजको इतिहासमा कोशेढुङ्गा सावित हुनेछ’’ राष्ट्रिय अध्यक्ष अरुणेश्वर खनाल

मानव विकासका लागि नेतृत्वको अध्यासहरुसहित अभियानहरु सञ्चालन हुने राष्ट्रिय अध्यक्ष खनालको् उद्घोष

नेपाल जेसीजका लागि २०२१ का राष्ट्रिय अध्यक्ष जेसीआई सिनेटर अरुणेश्वर खनालसँग नेपाल जेसीजको सेरोफेरोमा रहेर हाम्रो खबरपाटी अनलाइनद्धारा गरिएको कुराकानीलाई जस्ताको तस्तै प्रस्तुत गरिएको छ ।
१. नेपाल जेसीजको वर्ष २०२१ को पहिलो कार्यक्रम लोम नोम लिर्डस एकाडेमी बुटवल जेसीजको आतिथ्यतामा हुँदैछ । यो कार्यक्रमको तयारी, उदेश्य र विगतका वर्ष भन्दा यो वर्ष फरक के के हुँदैछ ?
–सबै तयारी पुरा भइसकेको छ । एकाडेमीमा सहभागि हुनका लागि देशभरका १६१ शाखाका अध्यक्ष, महासचिव र कोषाध्यक्षसहित नेपाल जेसीजका पदाधिकारीहरु बुटवलतर्फ लागिसकेका छन् ।
यो वर्षको लोमनोम लिडर्स एकाडेमी मार्फत जेसीजका अवसरका क्षेत्रहरु व्यक्तिगत, व्यवसायिक, सामुदायिक र अन्तराष्ट्रिय क्षेत्रमा समेत जेसीज युवाहरुले मनग्य ज्ञान आर्जएन गर्नेछन् । र अन्तराष्ट्रिय क्षेत्रमा समेत जेसीआई नेपालका लागि निरुपित राष्ट्रिय उपाध्यक्ष जेसीआई सिनेटर कभिन कुमार कुमाराभेल समेतको उपस्थिति रहेको हुँदा उहाँको अन्तक्रियात्मक तालिममा समेत पशिश्रक रहेको हुँदा जेसीआईुँग सम्बन्धित धेरै विषयहरु नेपाल जेसीजका युवाहरुले जानकारी एवम् समायोजन भएर जेसीज गतिविधिमा थप योगदान दिनेछन् । साथै हामो अभ्यासले समाजमा सक्षम युवा निर्माण गरी समाजका विभिन्न तहहरुमा र राष्ट्रिय तहमा समेत नेतृत्व हस्तान्तरण गर्ने भएकाले यो एकाडेमी नेपाल जेसीजको इतिहासमा कोशेढुङ्गा सावित हुनेछ ।

२. तपाई नेपाल जेसीजको राष्ट्रिय अध्यक्ष तपाईको प्रकरण अनुसार वर्ष सञ्चालनको सुरुवातमै के त्यस्ता भिजनहरु छन् ? जसले जेसीज अभियानलाई परिवर्तन गर्न सक्नेछन् ?
–परिवर्तनका लागि उठौँ, मानव विकासका लागि नेतृत्वका अभ्यासहरु हामीले निजी जेसीजभित्र संघ संस्थामा तथा राजनितिक दलहरुमा पनि धेरै समयमा धेरै नेतृत्वहरु अनुभव गरयौँ तर, मानव विकासमा केन्द्रित हुन सकेनौँ । तसर्थ जेसीजको केन्द्र विन्दु भनेको मानिस हो । एउटा मानिसलाई सफल बनाउन सकियो भने उसले परिवार समाज, राष्ट्र हुँदै अन्तराष्ट्रियसम्म सकारात्मक सन्देश शान्ति फैल्याउन सक्छ । यसका लागि यो एकाडेमीमा हुने प्रशिश्रणहरु वर्ष २०२१ को प्रकरणको ज्यादै महत्वपूर्ण भाग हो । जेसीजका सबै अवसरका क्षेत्रहरुमा गरिने तालिम अन्तक्रिया, गोष्ठि, सेमिनार यो वर्षको प्रकरणको ज्यादै महत्वपूर्ण भागहरु हुन् । यो प्रकरणलाई देशव्यापी बनाउनका लागि राष्ट्र, राष्ट्रियता, मानवता र विधिको शासनको पक्षमा नेपाल जेसीजको प्रथम बोर्ड बैठकबाट पास गरी सबै प्रदेशहरुमा अभियान सञ्चालन गरिनेछ ।

३. २०२१ लाई सफल रुपमा अवरतण गर्नका लागि तपाइसँग के कस्ता योजनाहरु छन् ?
–मैले आफ्नो उम्मेदवारीको बेलामा पनि भनेको छु । २०२१ लाई एउटा ऐतिहासिक वर्ष बनाएर जानेछु । त्यसका लागि विभिन्न योजनासहित आफुलाई प्रस्तुत गरेको छु । नेपाल जेसीजको पहिलो कार्यक्रम लोम नोम लिर्डस एकाडेमी भोलिबाट बुटवलमा सुरु हुँदैछ । यसबाट पनि शाखाहरुले केही नयाँ उर्जा लिएर जानेछन् । साथै योजना र कार्यक्रमहरु १६ गते हुने पहिलो बोर्ड बैठकबाट सार्वजनिक हुनेछन् । जसलाई हामी अक्षरस पालना गरेर जानेछौँ र शाखामा पनि सोही अनुसारको परिपत्र गरिनेछ । अब शाखाले कार्यक्रमका लागि कार्यक्रम भन्दा पनि समाजमा प्रभाव पर्ने र जेसीजको भिसन र भिजन अनुसारको कार्यक्रम लिएर अघि बढ्ने वातावरण सृजना हुनेछ ।

४. तपाईले उम्मेदवारीका क्रममा भन्नु भएको एक शाखा एक जेसीज भिलेजको अभियानलाई कसरी अगाडी बडाउँदै हुनुहुन्छ ?
–अधिक्तम शाखाहरुले जेसीज भिलेज कार्यक्रलाई अघि बढनउने र यसका लागि नेपाल जेसीज सहकार्य गर्ने र जेसीज गाउँको परिकल्पना गरिएको छ । जसको सरुवात सुर्खेतको भेरीगंगा जेसीजले गरिसकेको छ । जुन शाखाले मेरो वार्षिक योजनालाई आधार मान्दै सोही अनुसार हालै मात्र नमुना जेसीज गाउँको घोषणा गरिसकेको छ । अन्य केही शाखाहरुले पनि तयारी गरिरहनु भएको छ । एक शाखा एक जेसीज गाउँ भन्दा पनि अधिक्तम शाखाले यो अभियानलाई अघि बढाउने भन्ने हो । साथै यस भन्दा अघि घोषणा भएका शाखाहरुलाई पनि नेपाल जेसीजबाट विभिन्न कार्यक्रमहरु सर्कुलर गरेर अभियानलाई सार्थक बनाउने तयारीमा छौँ ।

५. २०२१ को सुरुवातमै देशका विभिन्न शाखाहरुमा शाखा विवादका कुराहरु आइरहेका छन् । यसलाई कसरी समाधान गर्नुहुन्छ ?
–शाखा विवाद सम्बन्धमा सबै शाखा विवादलाई सुरुमै नेपाल जेसीजले हेर्नु पर्छ भन्ने होइन । शाखाको विवाद शाखामै समाधान गर्नु पर्छ । नेपाल जेसीजले हरेक शाखाका लागि निरुपित राष्ट्रिय उपाध्यक्ष, निरुपित राष्टिय कार्यकारीणी उपाध्यक्षको चयन गरेको छ । निरुपित राष्ट्रिय उपाध्यक्ष मार्फत शाखामा विवाद समाधान हुन नसकेकमा नेपाल जेसीजमा आएका विवादहरुलाई नेपाल जेसीजले अधिक्तम लचिलो भइ निरुपित राष्ट्रिय उपाध्यक्षको उपस्थितिमा शाखामा नै गइ त्यहाँको रिर्पाेटहरुको अध्ययन गरी उहाँहरुको प्रतिवदेदनको आधारमा नेपाल जेसीजको बोर्ड मिटिङमा पेश हुनेछ । र आवश्यक कार्वाही बोर्ड मिटिङको निर्णय अनुसार अघि बढ्नेछ ।

६. २०२० सम्म हरेक महिना वितरण गर्दै आएको जेसीज अफ द मन्थको अवार्ड यो वर्ष रोकिएको हो ?
–होइन । अवार्ड दिने प्रक्रियालाई फरक शैली अवलम्बन गरिएको हो । यो वर्ष मन्थको अवार्ड एरिया सम्मेलन र राष्टिय महाधिवेशनमा समग्र अध्ययन गरेर शाखाहरुलाई अवार्ड निरन्तरता गरिनेछ ।

७. किन यसो गरियो त ?
–हामीले केही वर्षदेखि हेरिरहेका छौँ कि शाखाले १२ महिनामा एउटा महिना रोजेर त्यहि महिना अवार्ड लिने प्रतिस्पर्धाले कार्यक्रम गर्ने र अन्य महिना चुप लागेर बस्ने गरिएको छ । अझ कति शाखाले त कार्यक्रम गर्न सुरु गर्न साथ हामीलाई यो वर्ष अवार्ड दिनु पर्छ । हामीले यस्तो कार्यक्रम गर्न आटेका छौँ भन्ने फोन आउन थाल्छन् । काम भन्दा पनि भनसुनका आधारमा अवार्ड वितरण हुने र काम गर्ने शाखाहरुलाई अन्याय भएको देखियो । त्यसले गर्न कम्तिमा काम गर्दै गएका शाखाहरुको सहि मुल्याङ्कन गरी निरुपित उपाध्यक्ष र निरुपित कार्यकारीणी उपाध्यक्षले ल्याएको रिर्पोटका आधारमा एरिया कन्फेन्ससम्म भएका कार्यक्रमलाई सोही समारोह र त्यस भन्दा पछिका कार्यक्रमलाई राष्ट्रिय महाधिवेशनमा वितरण गरिनेछ ।

८. २०२१ मा एउटै शाखाबाट अनि धेरै बोर्ड सल्लाहकार मनोनित गरेको कुरा बाहिर आएको छ नी किन यस्तो भयो ?
–हिजोका दिनमा शाखाहरु पनि कम थिए आज शाखा पनि बढेका छन् । जेसीज अभियान आफैमा पनि एक अर्कामा सम्मान गर्ने संस्था हो । देशभरी रहेका जेसीज अभियान्ताहरुलाई सम्मान स्वरुप मनोनयन गरिएका हुन् । र यो राष्टिय अध्यक्षको अधिकार क्षेत्रभित्र पर्ने विषय बस्तु हो । यसको यति नै हुनु पर्छ भन्ने छैन । त्यसैले यो सम्मान स्वरुप ल्याएको हो ।

९. यो वर्षबाट तालिमलाई क्षेत्रीय स्तरमा तालिमको प्रतिष्ठान स्थापना गरेर लैजाने भन्ने योजना कहाँ पुग्यो ?
–जेसीज तालिमको विश्वविद्यालय हो । तालिमलाई प्रभावकारी रुपमा अघि बढाउन र युवाहरुलाई व्यवसायिक बनाउन हामी फरक रुपमा जाने अभिायानका साथ यो वर्षदेखि हरेक क्षेत्रमा तालिम प्रतिष्ठानको स्थापना गर्ने भनिएको हो । यसको विस्तृत विवरण र कार्यठाँचा बुटवलमा हुने पहिलो बोर्ड बैठकबाट आउनेछ ।