राजनीति

शहिदको बलिदानीलाई कुल्चने दुश्साहस नगर्न प्रधानमन्त्री ओलीलाई प्रचण्डको चेतावनी

काठमाडौं, फागुन १ । नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड माधव समूहका अध्यक्ष पुष्पकमल दाहालले मुलुकमा राजनीतिक स्थायीत्व कायम गरी विकास तर्फ लैजाने ऐतिहासिक पहलकदमी माथि प्रतिक्रान्तिकारी कित्ताबाट प्रहार गर्ने काम भएको बताएका छन् । जनयुद्ध दिवसको अवसरमा पेरिसडाँडामा आयोजित सहिद स्मृति तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले सहिदहरुको रगतबाट प्राप्त उपलब्धिलाई दक्षिणपन्थी र प्रतिक्रान्तिकारी कित्ताबाट Read More…

खेलकुद

महिला लिग: एपीएफ र वालिङ तथा विराटनगर र चौदण्डी भिड्दै

काठमाडौं, फागुन १ । राजधानीमा जारी राष्ट्रिय महिला लिग फुटबलमा आज दुईवटा खेल हुँदै छन् । एन्फा मैदान सातदोवाटोमा मध्यान्ह १२ बजे शुरुहुने खेलमा एपीएफ र वालिङ नगरपालिका आमने सामने हुने छन् । एपीएफ जारी लिगमा अपराजित टिम हो । त्यही लक्ष्यमा एपीएफ हुने छ । उता, वालिङ भने एपीएफमा अप्रत्यासित नतिजा निकाल्ने लक्ष्यमा हुने Read More…

विश्व

भ्रमण भिसामा यूएई नजान आग्रह

काठमाडौं, फागुन १ । संयुक्त अरब इमिरेट्स (यूएई)मा रहेको नेपाली दूतावासले भ्रमण भिसामा रोजगारीका लागि यूएई नजान आग्रह गरेको छ । पछिल्लो समय नेपाली यूएई भ्रमण भिसामा आएर रोजगारी खोज्ने र नपाएर समस्यामा परेपछि गुनासो गर्ने क्रम बढेपछि नेपाली दूतावासले भ्रमण भिसामा नजान आग्रह गरेको हो । दूतावासका अनुसार श्रम ‚वीकृति लिएपछि मात्रै विदेशमा रोजगारी Read More…

संघ \संस्था

सामाजिक सञ्जाल नियमन गर्ने निर्देशिका ल्याइँदै

काठमाडौं, माघ ३० । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले प्रेस स्वतन्त्रता तथा वाक स्वतन्त्रतालाई असर नपर्ने गरी सामाजिक सञ्जाल नियमन गर्ने निर्देशिका ल्याउन लागेको बताएका छन् । मन्त्रालयद्वारा आज दोलखाली पत्रकारसँगको अन्तक्र्रिया कार्यक्रममा उनले भने, ‘सामाजिक सञ्जालबाट दैनिकजसो विभिन्न किसिमका अपराधजन्य क्रियाकलाप बढ्दै गएको हुँदा उक्त निर्देशिका ल्याउने लागेको हो ।’ यसले अभिव्यक्ति स्वतन्त्रतालाई Read More…

राजनीति

प्रचण्ड-नेपाल पक्षले जनयुद्ध दिवस मनाउने

काठमाडौं, माघ ३० । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल पक्षले फागुन १ गते (भोलि) जनयुद्ध दिवस मनाउने भएको छ । केन्द्रीय कार्यालय पेरिसडाँडाबाट सबै जिल्लाहरुमा जनयुद्ध दिवस मनाउनका लागि सर्कुलेसन गरिएको स्रोतले जनाएको छ । सबै जिल्लाहरुमा शहीद स्मृती तथा सम्मानको कार्यक्रमहरुको आयोजना गर्ने र पार्टी कार्यालय पेरिसडाँडामा केन्द्रको तर्फबाट कार्यक्रम आयोजना गरिने बताइएको छ Read More…

खेलकुद

आइपीएलको अक्सनका लागि नेपालबाट सन्दीप मात्र छानिए

काठमाडौं, माघ ३० । सन् २०२१ को इन्डियन प्रिमियर लिग (आइपीएल) को अक्सनका लागि नेपालबाट सन्दीप लामिछाने मात्र छानिएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीपसहित ८ जना खेलाडीको नाम सिफारिस गरेको थियो । तर भारतीय क्रिकेट बोर्डले बिहीबार सार्वजनिक गरेको अक्सनको सूचीमा सन्दीप मात्र परेका हुन् । क्यानले सन्दीपसहित दीपेन्द्रसिंह ऐरी, विनोद भण्डारी, Read More…

कला धर्म संस्कृती मनोरञ्जन

सोनाम ल्होसारको अवसरमा आज प्रशान्त तामाङ बौद्धमोड आउँदै

मेचीनगर, माघ ३० । झापाको मेचीनगर–२ स्थित बौद्धमोडमा २८५७ औं सोनाम ल्होसारको अवसरमा राष्ट्रिय तथा अन्तराष्ट्रिय ख्यातीप्राप्त कलाकार प्रशान्त तामाङ आउने भएका छन् । नेपाल तामाङ उत्थान मञ्च मेचीनगरको आयोजनामा हुन लागेको बृह्त साँस्कृतिक कार्यक्रममा ईण्डियन आईडल प्रशाान्त तामाङ सहित चर्चित गायक डम्बर नेपाली, उत्तमजंग लिम्बुलगायका ख्याती प्राप्त कलाकारहरुको प्रस्तुती रहने आयोजक समितिका सचिव हेमन्त Read More…

कला धर्म संस्कृती

सोनाम ल्होसारको अवसरमा आज सार्वजनिक बिदा

काठमाडौं, माघ ३० । सोनाम एवं ग्याल्बो ल्होसार अर्थात् नयाँ वर्ष पर्व आज (शक्रबार) विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । तामाङ समुदायले माघशुक्ल प्रतिपदाका दिन प्रत्येक वर्ष यो पर्व मनाउने गरेका छन् । पर्वमा तामाङ समुदायले कूल पूजा, प्रकृति पूजा र बुद्ध शिक्षाको स्मरण गर्नाका साथै आफन्तजन भेला भई भोजन एवं मनोरञ्जन गर्दै आपसमा खुशी Read More…

राजनीति

श्रीमानले जिम्मा लिएसंगै ५ घण्टा पछि रामकुमारी झाँक्री रिहा

काठमाडौं, माघ २९ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधबकुमार नेपाल समूहकी नेतृ रामकुमारी झाँक्री रिहा भएकी छिन् । आज दिउँसो १ बजे पक्राउ परेकी प्रचण्ड–नेपाल समूहकी केन्द्रीय सदस्य झाँक्रीलाई रिहा भएकी हुन् । उनलाई प्रहरीले बिहीबार साँझ रिहा गरेको हो । उनी करिब ५ घण्टा प्रहरी नियन्त्रणमा बसेकी थिईन् । झाँक्रीलाई उनका श्रीमान Read More…

अर्थ

बौद्धमोड कृषि सहकारीको पहिलो शाखा गाडागल्लीमा

झापा, माघ २९ । मेचीनगर–२ स्थित बौद्धमोड कृषि सहकारी संस्थाले बिहीवारबाट गाडागल्लीमा पहिलो शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । गाडागल्लीमा स्थापना गरिएको उक्त कार्यालयको उद्घाटन मेचीनगर वडा नम्बर १ का अध्यक्ष पासाङ तामाङले गरेका छन् । त्यसक्रममा प्रमुख अतिथि तामाङले भने–‘यहाँ बैंक तथा वित्तीय संस्थाको सेवा प्रवाह क्रमशस् बढ्दै जानुले गाडागल्ली विकासपथमा लम्किएको अनुभूति भएको Read More…