स्वास्थ्य

पूर्वाञ्चल क्यान्सर हस्पिटल उद्घाटनमा प्रधानमन्त्री ओली, महजोडी, मनिषा कोइराला, सोनाली बेन्द्रे आउँदै

झापा, फागुन १५ । प्रधानमन्त्री केपी ओलीले विर्तामोडको पूर्वाञ्चल क्यान्सर हस्पिटलको फागुन १८ गते उद्घाटन गर्ने भएका छन् । हस्पिटलका कार्यकारी प्रमुख दुर्गा प्रसाईले आज पत्रकार सम्मेलन गरेर उक्त जानकारी दिएका हुन् । उद्घाटन समारोहमा प्रसिद्ध नायिका मनिषा कोइराला, महजोडी प्रसिद्ध अभिनेताद्वय मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्य लगायतको गरिमामय उपस्थिति रहने प्रसाईले बताए । भारतकी प्रसिद्ध Read More…

राजनीति

संसद् पुनःस्थापना पछि सरकार झन बलियो: सुवास नेम्वाङ

काठमाडौं, फागुन १५ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका नेता सुवास नेम्वाङले संसद् पुनःस्थापना पछि सरकार झन बलियो भएको बताएका छन् । नेकपा ओली समूह निकट सिन्धुपाल्चोक-काठमाडौं सम्पर्क मञ्चले शनिबार काठमाडौंमा आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेम्वाङले संसद विघटन हुँदा कामचलाउ भएका प्रधानमन्त्री ओली पुनःस्थापना पछि दह्रो भएको बताएका हुन् । प्रतिनिधिसभा Read More…

समाचार

नेपालसहित तीन मुलुक विकासशील मुलुकमा स्तरोन्नति हुन सिफारिस

काठमाडौं, फागुन १५ । नेपालसहित तीन मुलुक विकासशील मुलुकमा स्तरोन्नति हुन सिफारिस भएका छन्। संयुक्त रास्ट्रसंघ मातहतको विकास नीतिसम्बन्धी समितिबाट नेपालसहित तीन मुलुक स्तरोन्नतिका लागि सिफारिस भएका हुन् । नेपाल, बङ्गलादेश र लाओस अतिकम विकसित मुलकबाट विकाससिल मुलुकमा स्तरोन्नति हुन सिफारिसमा परेका हुन् । स्तरोन्नति हुन कम्तिमा तीन क्षेत्रमा तोकिएको मापदण्ड पूरा गर्नु पर्छ । Read More…

खेलकुद

नेयमार प्रशिक्षणमा फर्किए, बार्सिलाेनाविरुद्ध खेल्ने स‌म्भावना

काठमाडौं, फागुन १५ । ब्राजिल तथा पेरीस सेन्ट जर्मेनका स्ट्राइकर नेयमार च्याम्पियन्स लिग अन्तर्गत बार्सिलोनाविरुद्धको दोस्रो लेगको खेल आउन एक साता अगाडी प्रशिक्षणमा फर्किएका छन । तिघ्राको चोटका कारण पहिलो लेगको खेल गुमाएका नेयमार दोस्रो लेग खेल्ने प्रबल संभावना बढेको छ । पीएसजीले नेयमार ब्यक्तिगत प्रशिक्षणमा फर्किएको र उनले दोस्रो लेग खेल्ने संभावना रहेको बताएको Read More…

कला राजनीति

पल शाह र अरुणकुमार प्रधानबीच मिलापत्र

विराटनगर, फागुन १५ । नायक पल शाह र चलचित्रकर्मी महासङ्घ प्रदेश १ का अध्यक्ष अरुणकुमार प्रधानबीच मिलापत्र भएको छ । शुक्रबार साँझ इलाका प्रहरी कार्यालय धरानमा प्रधान र शाहबीच मिलापत्र भएको हो । बुधबार होटल ज्वाईँ खानामा पल शाहले दुर्व्यवहार गरेको र उनका सहयोगीले हातपात गरेको भन्दै प्रधानले बिहीबार इलाका प्रहरी कार्यालय धरानमा उजुरी दिएका Read More…

समाचार

भारतीय ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु

झापा, फागुन १५ । सुनसरीको इटहरीमा शुक्रबारसाँझ भारतीय नम्बर प्लेटको ट्रकले ठक्कर दिँदा साइकलयात्रीको मृत्यु भएको छ । कोसी लोकमार्गमा उत्तरतर्फ जाँदै गरेको बीआर ०१ जीडी १४५८ नम्बरको ट्रकले इटहरी उपमहानगरपालिका– १२ मा ठक्कर दिँदा साइकलयात्री मोरङको उर्लाबारी नगरपालिका–१ का ४१ वर्षीय मनोज खनालको ज्यान गएको हो । ट्रकले उत्तरतर्फ नै जाँदै गरेको साइकललाई साँझ Read More…

अर्थ संघ \संस्था

अध्यक्षमा पुनः भगिरथ राई

मेचीनगर, फागुन १४ । मेचीनगर ६ स्थित मेची मासु उत्पादक तथा उपभोक्ता सहकारी संस्थाको १३ औ वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ । काँकरभिट्टा खानेपानी संस्थाको सभाहलमा आयोजित साधारण सभाको उद्घाटन नेपाल सहकारी बैंकका केन्द्रिय सञ्चालक तथा कमर्सियल एग्रीकल्चर एलायान्सका केन्द्रिय अध्यक्ष दुर्गाप्रसाद सापकोटाले गर्नु भएको थियो । कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका Read More…

शिक्षा

दुईदिने बालबालिका क्षमता अभिबृद्धि कार्यक्रम सम्पन्न

मेचीनगर, फागुन १४ । मेचीनगर नगरपालिका वडा नम्बर ४ वडा कार्यालयको आर्थिक सहयोगमा दुई दिने बालबालिका क्षमता अभिबृद्धि कार्यक्रम सम्पन्न भएको छ । सरस्वती मावि परिसरमा फागुन १३ र १४ गते आयोजना भएको कार्यक्रममा वडाका सामुदायिक तर्फ सरस्वती मावि र पशुपति मावि तथा संस्थागत मावि तर्फ विद्या विकास एकाडेमी र अंशु एकाडेमी गरी चार वटा Read More…

शिक्षा

बाल क्लबको अध्यक्षमा घिमिरे

मेचीनगर, फागुन १४ । मेचीनगर–५ स्थित मेची आधारभूत विद्यालयमा शुक्रबार पुर्नगठित मेची बाल क्लबको अध्यक्षमा सन्देश घिमिरे चयन भएका छन् । बाल जागरण मञ्च नेपालले आयोजना गरेको बालबालिकाको क्षमता अभिवृद्धि कार्यक्रम अन्तर्गत पुर्नगठित क्लबको अध्यक्षमा घिमिरे चयन भएका हुन् । मेचीनगर ५ नम्बर वडा कार्यालयको सहयोगमा सम्पन्न क्लबको भेलाले उपाध्यक्षमा प्रिया ठाकुर, सचिवमा जेनिसा कटुवाल, Read More…

विविध

गाई काटेको अभियोगमा ३ जना पक्राउ

काठमाडौं, फागुन १४ । बाँकेमा गाई काटेको अभियोगमा ३ जना पक्राउ परेका छन् । नरैनापुर गाउँपालिका १ का २८ वर्षीय अमित अन्सारी समेत ३ जनालाई आज (शुक्रवार) बिहान प्रहरीले पक्राउ गरेको हो ।उनीहरूलाई करिब १० केजी गाईको मासु सहित फेला पारी पक्राउ गरेको प्रहरीले जनाएको छ । गाई काटेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी Read More…