राजनीति

सर्वोच्चको फैसला कार्यान्वयन गर्ने नेकपा ओलीपक्षको निर्णय

काठमाडौं, फागुन १२ । प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतको फैसला बमोजिम प्रतिनिधिसभाको बैठक बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने भएका छन् । ओलीपक्षीय नेकपाको स्थायी कमिटी बैठकमा अदालतले दिएको समयसीमाभित्र संसदको अधिवेशन बोलाउने जानकारी प्रधानमन्त्रीले दिएका हुन् । बैठकपछि पत्रकारसँग कुरा गर्दै ओलीपक्षीय नेकपाका प्रवक्तासमेत रहेका परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले अदालतको फैसलाको सम्मान गर्दै त्यसलाई समयसीमाभित्र कार्यान्वयनमा लगिने Read More…

राजनीति

प्रचण्ड-नेपाल समूहको संसदीय दलको बैठक बस्दै

काठमाडौं, फागुन १२ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहको आह्वानमा संसदीय दलको बैठक बुधबार बस्दैछ । सर्वोच्च अदालतले मंगलबार प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट भएको संसद विघटन बदर गरेपछि दाहाल–नेपाल समूहले संसदीय दलको बैठक बोलाएको हो । अपरान्ह ४ बजेका लागि संसदीय दलको बैठक बोलाइएको दाहाल-नेपाल समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् । प्रधानमन्त्री केपी Read More…

अर्थ

मोटरसाईकल वर्कशपले सफल बनायो मेचीनगरका खेमराज राउतलाई

युवराज आचार्यमेचीनगरं, फागुन १२ । विगत ७ बर्ष अघिदेखी मेचिनगर–६ काँकरभिट्टा स्थित फाईरिङ्ग चोकमा सटर भाडामा लिई हनुमान वर्कशप एण्ड बाइक सोलुसन सञ्चालन गर्दै आएका मेचिनगर–६ का खेमराज राउत अहिले आफ्नो व्यवसायबाट सन्तुष्ट छन् । परिवारको साथ, सहयोग र हौसला अनि आफुमा केही गर्छु भन्ने आत्माविश्वास छ भने जस्तोसुकै काममा पनि सफलता मिल्ने बताउछन् उनी Read More…

खेलकुद

बायर्नको सहज जित, एट्लेटिकोमाथि चेल्सी हावी

काठमाडौं, फागुन १२ । लाजियोमाथि फराकिलो अवे जितका साथ साविक विजेता बायर्न म्युनिख युरोपियन च्याम्पियन्स लिगको क्वाटरफाइनल नजिक पुगेको छ । चेल्सीले पनि एट्लेटिको मड्रिडमाथि १–० को साँघुरो जित निकाल्यो । लाजियोको घरेलु मैदानमा बायर्नका रोवर्ट लेवाण्डोस्कीले नवौं मिनेटमै गोलको खाता खोलेका थिए । उनले ७२ औं च्याम्पियन्स लिग गोल गर्दै सर्वाधिक गोलकर्ताको सूचिमा क्रिष्टियानो Read More…

राजनीति

प्रधानमन्त्री ओलीले बोलाए नेकपा स्थायी समिति बैठक

काठमाडौं, फागुन १२ । प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीले आज बिहान ११ बजेका लागि स्थायी समिति बैठक बोलाएका छन् । पार्टी विभाजनपछि ओली पक्षीय स्थायी समितिको बैठक पहिलोपल्ट बस्न लागेको हो । पुस ५ गते प्रतिनिधिसभा विघटन गरी निर्वाचनमा जाने सरकारी निर्णयलाई सर्वोच्च अदालतले मंगलबार बदर गरिदिएपछि उत्पन्न राजनीतिक घटनाक्रमबारे छलफलका लागि ओलीले Read More…

संघ \संस्था

प्रेस संगठन झापाको सह–संयोजकमा पौडेल

झापा, फागुन १२ । प्रेस संगठन नेपाल झापाको जिल्ला भेलाले खबरमञ्च साप्ताहिकका सम्पादक प्रकाश पौडेललाई सह–संयोजक चयन गरेको छ । मंगलवार विर्तामोडमा आयोजित भेलाले पौडेललाई सह–संयोजक चयन गरेको हो । पौडेल यसअघि जिल्ला कमिटी सदस्य थिए । भेलाले र प्रकाश पौडेललाई र गंगा बराल सहसंयोजकको जिम्मेवारी दिएको छ । साथै भेलाले जिल्ला कमिटीलाई पूर्णता दिएको Read More…

विविध

प्रतिनिधि सभा विघटनको निर्णयलाई सर्वोच्चले बदर गरेपछि काँकरभिट्टामा दीप प्रज्वलन

मेचीनगर, फागुन ११ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा नेतृत्वको संवैधानिक इजलासले १३ दिनभित्र प्रतिनिधिसभाको अधिवेशन बोलाउन आदेश दिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधि सभा विघटनको निर्णयलाई सर्वोच्च अदालतले बदर गरेको छ । फैसलासँगै प्रतिनिधि सभा पुनःस्थापित भएको छ । यो संगै मेचीनगर–६ स्थित काँकरभिट्टामा विभिन्न राजनैतिक दल, विभिन्न संघसंस्थाका Read More…

संघ \संस्था

राप्ती जेसीजको पि–इन्डक्सन तथा लोम अफिसर तालिम सम्पन्न

पुर्वी चितवनमा अवस्थित राप्ती जेसिजको प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। आजको कार्यक्रमको सभाध्यक्ष राप्ती जेसिज बर्ष २०२१ का अध्यक्ष दिनेश सेढाईले गर्नुभएको थियो भने कार्यक्रम संयोजन सुदन उप्रेतीले गर्नुभएको थियो। कार्यक्रममा प्रमुख अतिथिको रुपमा सौराहा जेसिज बर्ष २०१९ का अध्यक्ष तथा नेपाल जेसिज बर्ष २०२१ का राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष शिव प्रसाद भुषाल हुनुहुन्थ्यो। उहाँले जेसीआई Read More…

समाचार

सर्वोच्चद्वारा १३ दिनभित्र प्रतिनिधिसभाको अधिवेशन बोलाउन आदेश

काठमाडौं, फागुन ११ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा नेतृत्वको संवैधानिक इजलासले १३ दिनभित्र प्रतिनिधिसभाको अधिवेशन बोलाउन  आदेश दिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधि सभा विघटनको निर्णयलाई सर्वोच्च अदालतले बदर गरेको छ । फैसलासँगै प्रतिनिधि सभा पुनःस्थापित भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा नेतृत्वको संवैधानिक इजलासले प्रतिनिधि सभा विघटनको निर्णय Read More…

समाचार

प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर

काठमाडौं, फागुन ११ । ससर्वोच्च अदालतले संसद विघटनलाई बदर गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटन बदर हुने फैसला सुनाएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते संसद विघटन Read More…