संघ \संस्था

निर्वाचन आयोगले वैशाख १७ र २७ गते हुने चुनावी प्रक्रिया अगाडि बढायो

काठमाडौं, फागुन ११ । निर्वाचन आयोगले आगामी वैशाख १७ र २७ गते हुने चुनावी प्रक्रिया अगाडि बढाएको छ । आयोगले मंगलबार निर्वाचनका लागि आवश्यक पर्ने सामाग्री खरिदका लागि बोलपत्र आह्वान गर्दै चुनावी प्रक्रिया अगाडि बढाएको हो । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले आयोगले आवश्यक बजेटको व्यवस्था गरेर निर्वाचनकाे तयारीमा जुटेकाे जानकारी दिए । उनले तोकिएको मितिमा Read More…

स्वास्थ्य

डा.बाबुराम भट्टराई दिल्लीको अस्पतालमा भर्ना

काठमाडौं, फागुन ११ । आन्द्रामा ट्युमरको आशंकामा उपचारको लागि दिल्ली पुगेका पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई अस्पताल भर्ना भएका छन् । मंगलबार उनलाई अस्पतालमा भर्ना गरिएको उनको स्वकीय सचिवालयले जनाएको छ । ‘पूर्वप्रधानमन्त्री तथा जसपा संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईको आज दिल्लीस्थित यकृत एवं पित्त विज्ञान संस्थानमा बिहान ९ बजेदेखि भर्ना गरिएको छ । आज दिनभर उहाँलाई Read More…

समाचार

राष्ट्रिय सुरक्षा परिषद्को बैठक बस्दै, के संकटकाल लाग्ला ?

काठमाडौं, फागुन ११ । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार राष्ट्रिय सुरक्षा परिषद्को बैठक आह्वान गर्नु भएको छ । सिंहदरबारस्थित परिषद्को कार्यालयमा बिहान नौ बजेका लागि बैठक डाकिएको छ । बैठकको अध्यक्षता परिषद्को प्रमुख तथा प्रधानमन्त्रीले गर्नुहुनेछ । राष्ट्रिय सुरक्षा परिषद्को बैठक खास अवस्थामा बस्छ । खासगरी राष्ट्रिय विपत् र सुरक्षामा खतरा पैदा भएका वेला सेना परिचालनसम्बन्धी निर्णय Read More…

खेलकुद

रोनाल्डो चम्किँदा युभेन्टसको सहज जित

काठमाडौं, फागुन ११ । इटालियन सिरी ‘ए’मा साविक विजेता युभेन्टसले सहज जित निकालेको छ । सोमबार राति भएको खेलमा युभेन्टसले क्रोटोनलाई आफ्नै मैदानमा ३–० गोलले हराएको हो । युभेन्टस स्टेडियममा घरेलु टोलीको जितमा क्रिस्टियानो रोनाल्डोले दुई तथा वेस्टन एमकेनीले एक गोल गरे । खेलको ३८औँ मिनेटमा एलेक्स सान्द्रोले पास मिलाइदिँदा रोनाल्डोले गोल गर्दै युभेन्टसलाई सुरुआती Read More…

संघ \संस्था

मेचीनगरमा रोजगारीको सुवर्ण अवसर, ७ दिन भित्र निवेदन दिनु पर्ने

मेचीनगर, फागुन १० । मेचीनगर नगरपालिकाद्वारा विभिन्न पदमा ३१ जना करारमा कर्मचारीको माग गरेको छ । नगरपालिकाले योग्यता पगेका इच्छुक नेपाली नागरिकले ७ (सात) दिनभित्र माग बमोजिमका विवरण र राजश्व तिरेको रसिदसहित नगरपालिकाको कार्यालयमा निवेदन दिई सक्नुपर्ने गरी सूचना जारी गरेको छ । चाहिने योग्यता र अन्य विवरणको लागि तलको सूचना हेर्नुहोस् ।

समाचार

नेपालको गुमेको भू-भाग कुनै हालतमा पनि फिर्ता ल्याएरै छाड्छु : प्रधानमन्त्री ओली

काठमाडौं, फागुन १० । प्रधानमन्त्री केपी शर्मा ओलीले गुमेको नेपाली भू-भाग फिर्ता ल्याउनका लागि तथ्य र प्रमाणका आधारमा भारतसँग अनौपचारिक वार्ता भइरहेको बताएका छन् । वेदकोट नगरपालिका–२, छेलामा दैजी छेला औद्योगिक क्षेत्रको आज अपराह्न शिलान्यास गर्दै उनले गुमेको नेपालको भू-भाग फिर्ता ल्याएरै छाड्ने दृढता व्यक्त गरे । दोधारा चाँदनी क्षेत्रमा भारतसँगको महाकाली सन्धिबमोजिम १० क्युसेक Read More…

राजनीति

नेकपा प्रचण्ड-नेपाल समुह झापा अध्यक्षमा रेग्मी

झापा, फागुन १० । नेकपा प्रचण्ड-नेपाल समुहको झापाको अध्यक्षमा बेदराज रेग्मी चयन भएका छन् । उनी नेकपाका प्रदेश कमिटी सदस्य थिए । सचिवमा भने तत्कालीन माओवादीका नेता मणिकुमार साम्पाङ रहेका छन् । नेकपाको प्रचण्ड–नेपाल समूहले ६८ जिल्लाको नेतृत्व चयन गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेसँगै विभाजित भएको नेकपा प्रचण्ड–नेपाल समूहले भागवण्डाका Read More…

स्वास्थ्य

मुहार फेर्दै आम्दा मेची अस्पताल

युवराज आचार्यझापा, फागुन १०। झापाको मेचीनगर–१० स्थित धुलाबारीमा रहेको आम्दा मेची अस्पतालले मुहार फेर्दै गएको छ । केही बर्ष अघिसम्म सुविधाा र सेवाका दृष्टिले पछाडि परेको आम्दा अस्पतालले पछिल्लो समय काँचुली फेरेको छ । कोरोना भाइरसको महामारीका बेला उत्कृष्ट सेवा दिन सफल यो अस्पताल मेचीनगरबासीको विश्वासीलो अस्पतालको रुपमा स्थापित भएको छ । विशेषगरी मेचीनगर क्षेत्रका Read More…

संघ \संस्था

मेलम्ची सुरुङ आज पुनः परीक्षण गरिंदै, सफल भए नियमित पानी आउने

काठमाडौं, फागुन १० । बहुप्रतिक्षित मेलम्ची मेलम्ची खानेपानी आयोजनाको सुरुङ आजदेखि पुनः परीक्षण गरिने भएको छ । काठमाडौं उपत्यकाको खानेपानीको समस्या समाधानको उपायका रुपमा रहेको सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका-१ स्थित साे आयाेजनाकाे सुरूङ दाेस्राे पटक परीक्षण गर्न लागिएकाे हाे । सुरुङमा पहिलोपटक पानी पठाएर परीक्षण गरिएको आठ महिनापछि पुनः परीक्षण गर्न लागिएको हो । खानेपानी तथा Read More…

स्वास्थ्य

गिजाबाट रगत बग्ने समस्या छ ? यस्तो छ बच्ने उपाय

काठमाडौं, फागुन १० । गिजाबाट रगत बग्ने समस्याबाट धेरै मानिस पीडित हुन्छन् । यसो हुनुमा विभिन्न कारण हुन्छन् । दाँत र गिँजाको नियमित सफाइ नगर्नु, मुखमा संक्रमण हुनु, भिटामिन सी को कमी, ल्युकेमिया जस्ता कारणले गिजाबाट रगत बग्नसक्छ । गिजाबाट रगत बग्ने समस्या धेरैलाई सामान्य लाग्न सक्छ । तर यसको परिणाम निकै जटिल समेत हुने Read More…