खेलकुद

धाइजन – चारआली सेमीफाइनलमा

बाहुण्डाँगी, फाुगन १८ । नव ज्योति युवा क्लबको आयोजनामा जारी नव ज्योति नकाउट फुटबल प्रतियोगितामा धाइजन चारआली युवा क्लब सेमीफाइनलमा प्रवेश गरेको छ ।

नव ज्योति निमाविको खेल मैदानमा मंगलवार भएको अन्तिम क्वाटर फाइनल खेलमा काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई ३–१ को गोल अन्तरले पराजित गर्दै धाइजन चारआलीले शुक्रवार हुने दोस्रो सेमीफाइनलमा श्रीनाथ गण चारआलीसँगको भेटलाई पक्का गरेको हो ।

जितका लागि साजन लिम्बू, जमिन क्सिम र विशाल दर्जीले १/१ गोल गरेका थिए । काँकरभिट्टाका तर्फबाट खमिरगिल्सन कन्दङ्वाले १ गोल गरेका थिए । खेलको म्यान अफ द म्याच धाइजन चारआलीका प्रशान्त लक्सम भए । उनलाई नगद १ हजार प्रदान गरिएको आयोजक समितिका अध्यक्ष चन्द्र तामाङले बताए ।

बुधवार हुने पहिलो सेमीफाइनल खेल आयोजक नव ज्योति युवा क्लब र शसस्त्र प्रहरी बल पकलीबिच हुने आयोजक समितिका उपाध्यक्ष समुन थापाले बताए ।