धर्म संस्कृती

माझी समुदायको कोशी पुजा सम्पन्न

मेचीनगर, फागुन १८ । माझी समुदायको महान पर्व कोशी पुजा मंगलबार सम्पन्न भएको छ । नेपाल माझी उत्थान संघ झापाको आयोजनामा मेचीनगर–८ मा विविध पुजा आजा गरी कोशी पुजा सम्पन्न भएको हो ।

नेपाल माझी उत्थान संघले कोशी पुजाको अवसरमा मेचीनगर प्रमुख विमल आचार्यको प्रमुख आतिथ्यतामा औपचारीक कार्यक्रम पनि आयोजना गरेको थियो । कार्यक्रममा मेचीनगर–८ का वडा अध्यक्ष विकेन्द्र धिमाल, वडा सदस्य एवम् कार्यवहाक वडा अध्यक्ष सन्तोष मेचे, नेपाली कांग्रेस मेचीनगर–८ वडा सभापती गिरीराज धमला, विभिन्न राजनीति दलका प्रतिनिधि, संघ संस्थाका प्रतिनिधिलगायतको आतिथ्यता रहेको थियो ।

नेपाल माझी उत्थान संघ झापा अध्यक्ष सन्तलाल माझीको अध्यक्षतामा आयोजना भएको कार्यक्रम सञ्चालन पर्वु माझीले गरेका थिए ।