खेलकुद

आयोजक टिम नव ज्योति कपको फाइनलमा प्रवेश

बाहुण्डाँगी, फागुन १९ । पुजन राईको निर्णायक गोलसँगै आयोजक नव ज्योति युवा क्लब यहाँ जारी नव ज्योति नकाउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

No description available.

बुधवार नव ज्योति निमाविको खेल मैदानमा सम्पन्न पहिलो सेमीफाइनल खेलमा विभागीय टिम सशस्त्र प्रहरी बल पकलीलाई १–० को गोल अन्तरले हराउँदै आयोजकले आफ्नो अपराजित यात्रालाई कायम नै राखेको छ ।

पुजनले खेलको दोस्रो मिनेटमै गोल गरेका थिए । यो सँगै शनिवार हुने फाइनल खेलको यात्रा निश्चित गरेको हो । खेलको म्यान अफ द म्याच आयोजकका करण थापा मगर भए । म्यान अफ द म्याचको टर्फी क्लबका उपामध्यक्ष सुमन थापाले सौजन्य गरेका हुन् ।

यसैगरी पहिलो गोलकर्ता पुजन राईले नगद पुरस्कार प्रदान गरिएको थियो ।
मुनाल क्लब चन्द्रगढीलाई हराउँदै आयोजकले सेमीफाइनल प्रवेश गरेको थियो भने कनकाइ सुरुङ्गालाई हराउँदै सशस्त्र प्रहरी बल सेमीफाइनलमा पुगेको थियो ।


बिहिवारको दोस्रो सेमीफाइनल खेल धाइजन चारआली युवा क्लब र श्रीनाथ गण चारआलीबिच हुने आयोजक समितिका राजेश बस्नेतले बताए ।

फाइनल खेलको विजेताले नगद ८० हजार तथा उपविजेता टिमले नगद ५० हजार ट्रफी र प्रमाण पत्र पाउने क्लबका अध्यक्ष चन्द्र तामाङले बताए ।