खेलकुद

नव ज्योति कपको उपाधी धाइजन चारआली फुटबल क्लबको कब्जामा

बाहुण्डाँगी, २२ फागुन । नव ज्योति युवा क्लबले आयोजना गरेको नव ज्योति नकाउट फुटबल प्रतियोगिताको उपाधी धाइजन चारआली फुटबल क्लबले चुमेको छ ।
शनिवार नव ज्योति निमाविको खेल मैदानमा भएको फाइनल खेलमा आयोजक नव ज्योति युवा क्लबलाई १–० को झिनो गोल अन्तरले पराजित गर्दै उपाधी चुमेको हो । उपाधीसँगै धाइजन चारआलीले नग ८० हजार, मेडल, ट्रफी र प्रमाण पत्र पाएको छ । उपविजेता बनेको आयोजकले नगद ५० हजार मेडल, ट्रफी र प्रमाण पत्र पाएको छ ।


खेलको ३४ औँ मिनेटमा विजय राईले गरेको गोल नै धाइजन चारआलीका लागि उपाधी चुम्ने आधार बन्यो । खेलको म्यान अफ द म्याच गोल कर्ता विजय राई भए । उत्कृष्ट गोलरक्षकको अवार्ड विजेता टिमका राजकुमार थेबेले जिते भने खेल अवधीकै उत्कृष्ट खेलाडीको अवार्ड आयोजकका करण थापा मगरले जिते ।


विजेता तथा उपविजेता टिमलाई कार्यक्रमका प्रमुख अतिथि प्रदेश सांसद श्रीप्रसाद मैनाली, वडा नम्बर ३ का वडा अध्यक्ष हकबहादुर बस्नेत, वडा नम्बर ४ का वडा अध्यक्ष नबिन बराल, संस्थापक सदस्य जितबहादुर लावती, आयोजक समितिका अध्यक्ष चन्द्रबहादुर तामाङ, राजेश राया, राजकुमार रायालगायतले वितरण गरेका थिए ।


आयोजक समितिका अध्यक्ष चन्द्रबहादुर तामाङको सभातित्वमा सम्पन्न कार्यक्रको स्वागत सचिव इन्द्रमणि पोखरेलले गरेका थिए भने सञ्चालन धनराज भण्डारीले गरेका थिए ।