बाहुण्डाँगी फागन, २८ । नारायणगढ लेडी जेसीजको आयोजनामा पार्लियमेन्ट्री प्रोस्युडर तालिम सम्पन्न भएको छ ।

शाखाको २०२१ को बोर्डको टिम तथा अन्य सदस्यहरुका लागि आयोजना गरिएको तालिमको मुख्य प्रशिश्रकका रुपमा नेपाल जेसीज २०२१ का उपाध्यक्ष तथा यस शाखाका निरुपित उपाध्यक्ष सुनिल तिम्सिना रहनु भएको थियो । भरतपुर १० जागृतिचोकस्थित धावन क्रियसन प्यालेसमा भएको तालिममा ३५ जना सदस्यहरुको सहभागिता रहेको थियो ।

शाखाकी २०२१ की अध्यक्ष सम्झना प्रधानको सभापतित्व तथा शाखाकी तालिम संयोजक अनिता श्रेष्ठ अधिकारीको संयोजनमा भएको तालिमको सञ्चालन उपाध्यक्ष रिता गौतम तन्दुकारले गर्नु भएको थियो ।


