झापा, बैशाख ३१ । झापाको अर्जुनधारामा कोरोना संक्रमणबाट थप एक व्यक्तिको मृत्यु भएको छ ।
अर्जुनधारा ९ का ४५ वर्षीय एक पुरूषको मृत्यु भएको हो । उनको उपचारका क्रममा बिर्तामोडको विर्ता सिटी हस्पिटलमा मृत्यु भएको नगर कोभिड फोकल पर्सन मुकुन्द बस्नेतले बताए ।
योसँगै कोरोना संक्रमणको नयाँ भेरियन्टबाट अर्जुनधारामा मात्र ज्यान गुमाउनेको संख्या ४ पुगेको छ । यसअघि ५, ६ र ९ नम्बरकै पुरुषको ज्यान गएको थियो ।