स्वास्थ्य

कोरोना संक्रमणबाट मेचीनगरमा थप एक जनाको मृत्यु

मेचीनगर, जेठ १० । मेचीनगरमा थप एक जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै मेचीनगरमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२ पुगेको छ ।

आज मृत्युु हुनेमा मेचीनगर –१४ स्थित कलमवाडीका ४२ वर्षीय पुरुष रहेका छन् ।

उनको सोमबार विहान १० वजे बिर्ता सिटी अस्पताल बिर्तामोडमा उपचारका क्रममा मृत्यु भएको मेचीनगर नगरपालिकाका काभिड संयोजक नबिन बरालले बताए ।

ज्वरो र खोकीले सताएपछि ७ दिनअघि बिर्तासिटी अस्पतालमा उपचारका लागि लगिएको मेचीनगर–१४ का वडाध्यक्ष शंकर पोखरेलले बताए । सोहि अस्पतालमा पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो ।

उनका श्रीमती, एकजना छोरा र एउटी छोरी छन् । उनको आज दिउसो स्थानीय हडिया खोलामा नेपाली सेनाको व्यवस्थापनमा दाहसंस्कार गरिने परिवारस्रोतले जनाएको छ ।