बाहुण्डाँगी १६ जेठ । तुलसीपुर नगरजेसिजको आयोजना र नेशनल प्याथल्याब तथा रिसर्च सेण्टर तुलसीपुरको प्राविधिक सहयोगमा घरमै गएर पिसिआर टेष्टको सेवा संचालन गरिएको छ ।
मानवताको सेवा नै जिवनको सर्बोत्तम कार्य हो भन्ने मुल मन्त्रलाइ आत्मसात गर्दै “घरमै पिसिआर टेस्ट गरौं ढुक्क भइ घरमै सुरक्षित बसौ ” भन्ने नारा सहित आजदेखि ” हजुर १ कल फोन गर्नुस हामी घरमै आयर एऋच् टेस्ट गर्छौ ” भन्ने अभियान संचालन गरिएको हो ।
बजार गएर अस्पतालमा लाइन बस्ने र रिपोर्ट आउन समय कुर्नुपर्ने समस्याका साथै झनै संक्रमण फैलने भएकाले विरामीको समस्यालाई मध्यनजर गर्दै घरमै पुगेर कोरोना पिसिआर टेष्ट सुविधा बनाइएको तुलसीपुर नगर जेसिजका अध्यक्ष नेत्रलाल भट्टराई ९नारायण० ले जानकारी दिनुभयो ।
यो लकडाउनको समयमा कोरोना पिसिआर परिक्षण गर्न समस्या परिरहेको वेला मानविय सेवामा लागि यस्तो अभियान संचालन गरिएको अध्यक्ष भट्टराईले बताउनुभयो ।
तुलसीपुरनगर जेसिजले कोरोना महामारी विभिन्न किसिमका उत्तरदायित्व निर्वाह गरि रहेको छ । तुलसीपुनगर जेसिजले घर घरमा अक्सिजन सिलिण्डर, काठ बैंकमा काठ सहयोग, आइसोलेसनमा स्वास्थ्य सामाग्री समेत सहयोग गर्दै आएको छ ।
“घरमै पिसिआर टेस्ट गरौं ढुक्क भइ घरमै सुरक्षित बसौं ” भन्ने नारा सहित “हजुर १ कल फोन गर्नुस हामी घरमै आयर एऋच् टेस्ट गर्छौ ” भन्ने अभियान आज एक कार्यक्रमका विच उदघाटन गरि गरिएको हो । अभियान हिजो देखि सुरू भएपनि आज उद्घाटन गरिएको हो ।
तुलसीपुरनगर जेसिजका अध्यक्ष नेत्रलाल भट्टराई९ नारायण ० को अध्यक्षतामा भएको कार्यक्रममा ४ जनाको एऋच् टेस्ट गरि उद्घाटन गरिएको थियो ।
सो अवसरमा नेशनल प्याथल्याब तथा रिसर्च सेण्टर तुलसीपुरका प्रमुख हरि बहादुर चौधरी लगाएतका स्वास्थकर्मीलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा कानुनी सल्लाहकार जेसि बिमल वली आस्थापाठ गर्नु भएको थियो ।
कार्यक्रम संयोजक जेसि मदन गौतमको स्वागतबाट सुरुभएको सहजिकरण थिम डाइरेक्ट महेन्द्र नारायण खरेलले गर्नुभएको थियो। यो अभियान कोभिट संक्रमण नरोकिने बेला सम्म निरन्तर संचालन भई रहनेछ।

