संघ \संस्था

फ्रन्टलाइनर्सको सम्मानस्वरुप विराटनगर जेसिजद्वारा सप्ताह व्यापी कार्यक्रम सुरु

बाहुण्डाँगी १७ जेठ । विराटनगर जेसिजले विश्वयापी महामारी कोभिड १९ विरुद्धको युद्धमा अग्रपङ्तिमा रहि सेवा पुर्याउने सम्पुर्ण फ्रन्टलाइनलाई सम्मन स्वरुप सप्ताह व्यापी कार्यक्रम सुरु भएको छ । जेष्ठ १६ हिजोदेखि सुरु भएको सप्ताह जेठ २१ सम्म आयोजना हुनेछ । स्वास्थ्यकर्मी , सुरक्षाकर्मी , संचारकर्मी तथा सरसफाइकर्मी लक्षित कार्यक्रममा सुरक्षाकर्मीलाई खाजा तथा कोसेली बितरण , संचारकर्मीलाई स्वास्थ कोसेली वितरण , बिराटनगर माहनगरपालिकाको आइसोलेसनमा रहेका कर्मचारी तथा कोरोना संक्रमितलाई पौष्टिक आहार वितरण , बिराटनगरमा अभियान चलाइरहेको समुहलाइ राहत सामग्री हस्तान्तरण ,कोभिड १९ उपचार केन्द्रमा कार्यरत स्वास्थ्यकर्मीलाई खाजा बितरण ,प्राथमिक स्वास्थकेन्द्रमा स्वास्थ्य सामाग्री हस्तान्तरणका साथै माहामारीको समयमा अग्रपंक्तिमा मा रहेर काम गरि रहेका स्वास्थ्यकर्मीको सम्मान स्वरुप घर घर मा राष्ट्रिय गान सहित दिपावली कार्यक्रमको आयोजना गरिने बिराटनगर जेसिज का अध्यक्ष प्रदिप दाहाल ले जानकारी दिएका छन ।

बिराटनगर जेसिजका महासचिव कविराज दाहालले विश्व स्वास्थ्य सङ्गठनले तोकेको मापदण्डमा रहि कार्यक्रम सन्चालन गरिने जानकारी दिएका छन ।

जेसीज का आफ्नै सदस्यहरु पनि संक्रमणको चपेटामा परेर घरमा आइसोलेसनमा रहि रहेको र समाजमा यस संक्रमणले धेरै नै असर पारी रहेको अवस्थामा थोरै भए पनि अग्रपङ्तिमा रहेर जनताको सुरक्षा मा खटिएका कर्मचारिको मनोबल बढाउने प्रयास विराटनगर जेसीजले गरेको शाखाका अध्यक्ष प्रदिप दाहालले बताउुन भयो ।