मेचीनगर, बैशाख २९ । कोरोना संक्रमणका कारण मेचीनगरमा दुई जनाको हिजो राति मृत्यु भएको छ । मृत्यु हुने दुवै जना मेचीनगर वडा नं. १० का स्थानीय रहेको छन् । हिजो बेलुका करीब ८ बजेको समयमा ३९ बर्षिया महिला र ६६ बर्षिय पुरुषको मृत्यु भएको हो । महिलाको मेची अस्पताल भद्रपुरमा र पुरुषको बिर्ता सिटि अस्पताल Read More…
Month: May 2021
सांसद चौलागाईंको काेरोना संक्रमणका कारण मृत्यु
काठमाडौं, बैशाख २८ । नेकपा एमालेका नेता एवं बागमती प्रदेश सभा सदस्य पशुपति चौलागाईंको काेरोना संक्रमणका कारण मृत्यु भएको छ । माननीय चौलागाईंको अहिले उपचारको क्रममा मनमोहन अस्पतालमा निधन भएको हो ।
हेलिकप्टरमार्फत थप दुई जना संक्रमित बिएन्डसी भर्ना
झापा , बैशाख २८ । नेपालकै अत्याधुनिक उपकरण र सेवा भएको झापा बिर्तामोडको बिएन्डसी अस्पतालमा दैनिकजसो कोरोना संक्रमितको हवाइ बेड सिफ्ट हुन थालेको छ । देशका विभिन्न अस्पतालबाट आजसहित १० जना कोरोना संक्रमितलाई हेलिकप्टरमार्फत थप उपचारका लागि झापाको बिएन्डसी अस्पताल भर्ना गरिएको छ । आज मंगलबार अल्टिचुड एयरको हेलिकप्टरले नेपालगञ्जका ६१ वर्षीय प्रेमकुमार सोनी र ओखलढुंगाका Read More…
आज आमाको मुख हेर्ने दिन
काठमाडौं, बैशाख २८ । वैशाख कृष्ण औँसीका दिन मनाइने आमाको मुख हेर्ने पर्व आज जन्म दिने आमालाई मीठामीठा परिकार खान तथा राम्रा कपडा लगाउन दिएर खुशी पारी मनाइँदैछ । शास्त्रमा उपाध्याय (पण्डित), आचार्य र पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उनबाट शुभाशीर्वाद थाप्ने दिनका रूपमा लिइन्छ । वैशाख कृष्णपक्ष Read More…
मेचीनगरका समाजसेवी ओझाद्वारा विपन्न तथा दिर्घ रोगीलाई औंषधी र खाद्यान्न सहयोग
मेचीनगर, बैशाख २७ । झापा मेचीनगरका युवा समाजसेवी सोम ओझाले विपन्न तथा दिर्घ रोगी एक दम्पतिलाई औंषधी र खाद्यान्न सहयोग गरेका छन् । हलेसी मेडिकल हल धुलाबारीका प्रोपाइटर समेत रहेका ओझाले मेचिनगर -९ का दिर्घ रोगी दम्पतिलाई १ महिनाको खाद्यान्न र औंषधी सहयोग गरेका हुन् । कोरोना कहरका कारण अहिले विपन्न तथा दिर्घ रोगीहरू बढी Read More…
यी हुन् प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने एमालेका सांसद (नामावलीसहित)
काठमाडौं, बैशाख २७। प्रतिनिधिसभामा विश्वासको मत गुमाएपछि प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त भएका छन् । प्रधानमन्त्री पदमुक्त भएसँगै कम्युनिष्ट पार्टीको सरकार ढलेको छ । प्रधानमन्त्रीले प्रतिनिधिसभामा विश्वासको मत पुस्ट्याइँका लागि भएको मतदानमा हुन्छ भन्ने पक्षमा ९३ मत मात्रै पाए । प्रधानमन्त्रीको आफूप्रति विश्वास छ भन्ने प्रस्ताव पारित हुन हाल कायम रहेको २७१ सदस्यको बहुमत अर्थात् Read More…
प्रधानमन्त्री ओली पदमुक्त
काठमाडौं, बैशाख २७ । प्रतिनिधिसभामा विश्वासको मत गुमाएपछि प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त भएका छन् । प्रधानमन्त्री पदमुक्त भएसँगै कम्युनिष्ट पार्टीको सरकार ढलेको छ । प्रतिनिधिसभाबाट आवश्यक पर्ने विश्वासको मत नपाएपछि सोमबारदेखि प्रधानमन्त्री ओली स्वतः पदमुक्त बनेका हुन् । प्रधानमन्त्रीले प्रतिनिधिसभामा विश्वासको मत पुस्ट्याइँका लागि भएको मतदानमा हुन्छ भन्ने पक्षमा ९३ मत मात्रै पाए । प्रधानमन्त्रीको Read More…
वैवाहिक वर्षगाँठकाे अवसरमा विपन्न परिवारलाई स्वास्थ्य विमा
मेचीनगर, बैशाख २७ । झापाकाे मेचीनगरका समाजसेवी राजन चिमरियाले आज आफ्नो १८ औँ वैवाहिक वर्षगाँठकाे अवसरमा १५ विपन्न घर परिवारलाई स्वास्थ्य विमा गरि दिएका छन्। झापाकाे मेचीनगर नगरपालिकाकाे परिसरमा आज एक कार्यक्रम गरि साे स्वास्थ्य विमा बापतकाे ५२ हजार ५ सय रुपैयाँ रकम नगरका प्रमुख विमल आचार्यलाई हस्तारण गरेका हुन। रितिका डेरी उद्योगका सञ्चालक समेत Read More…
अनुगमन टोली देखेपछि सर्जिकल पसलेहरु भागाभाग
झापा, बैशाख २७ । थोक औषधि तथा सर्जिकल बिक्रेताहरुले महंगो मूल्यमा सामग्री बिक्री गरिरहेको गुनासो आएपछि जिल्ला प्रशासन कार्यालयको एक टोली सोमबार बिर्तामोडको अनुगमनमा निस्कियो । तर, विडम्बना परिणाम केही हात लागेन । टोलीले शनिश्चरे रोडको एक खुद्रा औषधि पसलमा केरकार गर्यो । टोलीले शरीरमा अक्सिजनको मात्रा थाहा पाउन प्रयोग गरिने पल्स अक्सिमिटरको बिक्री मूल्य २८०० Read More…
एसईई र कक्षा १२ को परीक्षा अनिश्चितकालको लागि स्थगित
काठमाडौं, बैशाख २७ । राष्ट्रिय परीक्षा बोर्डले एसईई र कक्षा १२ को परीक्षा स्थगित गरेको छ । सोमबार बिहान बसेको बोर्ड बैठकले जेठ १३ गतेबाट सञ्चालन हुने एसईई र जेठ २६ गतेबाट हुने कक्षा १२ को परीक्षा स्थगित गर्ने निर्णय गरेको हो । अर्को सूचना नभएसम्मका लागि दुवै परीक्षा स्थगित गरिएको बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले Read More…










