संघ \संस्था

सर्वोच्च अदालतद्वारा ७ मन्त्रीको नियुक्ति बदर

काठमाडौं, जेठ ६ । सर्वोच्च अदालतले गैर सांसद ७ मन्त्रीको नियुक्ति बदर गरिदिएको छ । फागुन २३ को सर्वोच्चको फैसलापछि माओवादीमा नफर्की एमालेमै बसेपछि माओवादीले कारबाही गरी सांसद पदबाट मुक्त गरेकालाई प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री बनाएका ७ जनाको नियुक्तिलाई सर्वोच्चले असंवैधानिक ठहर गरेको हो । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको एकल इजलासले गृहमन्त्री रामबहादुर थापासहित Read More…

समाचार

राष्ट्रियसभा सदस्य निर्वाचनः आज बिहान ९ बजेदेखि मतदान

काठमाडौं, जेठ ६ । वाग्मती प्रदेशमा रिक्त राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा बिहीबार बिहान ९ देखि अपराह्न ३ बजेसम्म मतदान हुँदैछ । उपनिर्वाचन स्वच्छ, स्वतन्त्र, मर्यादित र विश्वसनीय ढंगबाट गराउने सन्दर्भमा शान्ति सुरक्षा, स्वास्थ्य सुरक्षा मापदण्ड र अरु व्यवस्थापनका सम्पूर्ण तयारी पूरा भएको छ । निर्वाचनमा वाग्मती प्रदेशसभा सदस्य ११० र प्रदेशअन्तर्गतका गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा Read More…

अर्थ

सर्वोच्चकोद्वारा निषेधाज्ञाभर कर नबुझाउँदा जरिवाना नलिन अन्तरिम आदेश

काठमाडौं, जेठ ६ । सर्वोच्च अदालतले निषेधाज्ञा लागू भएको समयावधिसम्म मूल्य अभिवृद्धि कर विवरण र कर दाखिला नगरेमा जरिवाना असूल नगर्न अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश मीरा खड्काको एकल इजलासले निषेधाज्ञा खुलेपछि बाटाको म्यादबाहेक ३० दिनभित्र विवरण र कर बुझाउन सकिने व्यवस्था गर्न सरकारका नाममा आज आदेश जारी गरेको हो । आदेशमा बाटाको Read More…

संघ \संस्था

प्रेस क्लबद्वारा सञ्चार गृहको अवस्था बारे जानकारी

मेचीनगर, जेठ ५ । प्रेस क्लब मेचीनगरले बुधबार नगरभित्रबाट सञ्चालनमा आएका सवै सञ्चार माध्यम र सञ्चार गृहको हालको अवस्थाको बारेमा जानकारी लिएको छ । सञ्चारगृहमै पुगेर सम्पादक प्रकाशकहरुसँग भेटी कोभिड १९ को बखत सञ्चार माध्यम र सञ्चारकर्मीको अवस्थाका बारेमा जानकारी लिएको हो । अहिलेको विषम परिस्थितिमा नगरबाट प्रकाशन/प्रशारण हुने सञ्चारमाध्यमहरुको अवस्था दयनीय रहेकाले स्थानीय सरकार Read More…

स्वास्थ्य

कोरोना संक्रमण पुष्टि भएको भन्दै श्रीमतीलाई बेवारिसे अवस्थामा छाडेर श्रीमान् फरार

झापा, जेठ ४ । कोरोना संक्रमण भएको भन्दै आफ्नै श्रीमतीलाई एक व्यक्तिले बेवारिसे अवस्थामा छाडेका छन् । मेचीनगर १३ स्थित चारआली बजारमा भाडामा बस्दै आएका कँडेल थरका श्रीमानले आफ्नी दुई जिउकी श्रीमतीलाई बेवारिसे बनाएका हुन् । कोरोना संक्रमण पुष्टि भएपछि घरबेटीले समेत बस्न नदिएको ती महिला लाई श्रीमानले मंगलबार साझ चारआली स्थित आइतबारे बजारको टहरामा Read More…

स्वास्थ्य

मेचीनगरमा कार्यरत कर्मचारी निरौलाको कोरोना संक्रमणबाट मृत्यु

मेचीनगर, जेठ ४ । कोरोना संक्रमणबाट नगरपालिकाको विद्युत शाखामा कार्यरत कर्मचारीको मृत्यु भएको छ । संक्रमणबाट महेन्द्र निरौलाको मृत्यु भएको छ ।उनी शाखामा इलेक्ट्रिकल ओभर सियरको रुपमा कार्यरत थिए । कोरोना संक्रमण पश्चात भेन्टिलेटरमा रहेर बिर्तामोडको बिएण्डसी अस्पतालमा उपचाररत रहेका उनको मंगलबार विहान ८ः३० बजे चिकित्सकले मृत्यु पुष्टि गरेको नगरपालिका कोभिड संयोजक तथा सामाजिक विकास Read More…

स्वास्थ्य

हात्तीको आक्रमणबाट एकको मृत्यु 

झापा, जेठ ४ । झापामा जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मेचीनगर वडा नम्बर–९ तल्लो मागुरमाडीका ४५ वर्षीय श्याम राई रहेको इलाका प्रहरी कार्यालय धुलावारी प्रमुख प्रहरी निरीक्षक विकास राईले जानकारी दिए । गए राति गाउँमा आएको जंगली हात्ती खेदाउनेक्रममा राईलाई हात्तीले आक्रमण गरी गम्भीर घाइते बनाएको थियो । घाइते Read More…

अर्थ

कोरोना कहरः बजार नपाउँदा किसानहरु मारमा, लाखौको क्षती व्यहोर्न बाध्य

तस्बिर: फोटो पत्रकार ललित बहादुर प्रधान झापा, जेठ ४ । झापा जिल्ला धान, मकै, गहुँलगायतका अन्नबाली उत्पादन हुने उर्भर भूमि हो । यहाँका अधिकांस किसानहरु अन्नबाली लगाउने गर्दछन् । तर पछिल्लो समय यहाँका किसानहरु अन्नबाली लगाएर निर्वाहमुखी मात्र भएको भन्दै त्यसको बिकल्पमा व्यवसायिक कृषिमा लागेका छन् । यस्तै मेचीनगरका दुई युवाले पनि अन्नबाली उत्पादन हुने Read More…

अर्थ खेलकुद

सन्दीप लामिछानेद्वारा कोरोना राहत कोषमा तीन लाख सहयोग

काठमाडौं, जेठ ४ । क्रिकेटर सन्दीप लामिछानेले कोरोना भाईरसविरुद्धको ३ लाख सहयोग गरेका छन् । नेपाली क्रिकेट टोलीका स्टार सन्दीपले सोमबार कोरोनाविरुद्ध लड्न ‘टिम सन्दिप लामिछाने’ अभियान घोषणा गर्दै उक्त सहयोग गरेका हुन् । सन्दीपले आर्थिक सहयोग संकलनका लागि बैंक खाता समेत खोलेका छन् । सन्दीपले अभियानको आरम्भ गर्दै उक्त खातामा ३ लाख जम्मा गरेको Read More…

स्वास्थ्य

कोरोना संक्रमणबाट अर्जुनधारा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खाम्याहाङको मृत्यु

झापा, जेठ ३ । कोरोना भाइरसबाट संक्रमित अर्जुनधारा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्रकुमार खाम्याहाङको मृत्यु भएको छ । स्वास प्रश्वासमा समस्या आएपछि उनको बिर्तामोडस्थित बिएन्डसी हस्पिटलमा उपचार भइरहेको थियो । उनलाई वैशाख १० गते एन्टिजेन परीक्षण गर्दा संक्रमण पुष्टि भएको थियो । लामो उपचार गरिरहँदा पनि उनको स्वास्थ्यमा सुधार आउन सकेको थिएन । उपचारकै क्रममा Read More…