झापा, असार ३ । १६ औं संस्करणको युरोकप फुटबल प्रतियोगितामा बुधबार बेलुका तीन खेल भएको छ । हिजो भएको पहिलो खेलमा रसियाले पहिलो जित निकालेको छ । रसियाले फिनल्यान्डमाथि १-० गोल अन्तरले पराजित गरेको हो ।
रसियाको पहिलो जितमा एलेक्सी मिरान्चुकले गरेको गोल नै निर्णायक बन्यो । उनले पहिलो हाफको इन्ज्युरी समयमा गोल गरेका थिए ।
बुधबार राति भएको दोस्रो खेलमा टर्कीलाई २-० गोल अन्तरले पराजित गर्दै वेल्सले पहिलो जित निकालेको हो ।
बाकु ओलम्पिक स्टेडियम वेल्सलाई जित दिलाउन आरोन राम्से र कोनर रोबर्ट्सले एक एक गोल गरे ।
त्यस्तै बुधबार राति नै भएको समूह चरणको दोस्रो खेलमा स्विजरल्याण्डलाई ३-० गोल अन्तरले पराजित गर्दै इटाली नकआउट चरणमा प्रवेश गरेको हो ।
ओलम्पिक स्टेडियममा इटालीलाई जित दिलाउन म्यानुएल लोकाटेलीले दुई गोल गरे । सिरो इमोबाइलको नाममा एक गोल रह्यो ।